अछामको ढकारी गाउँपालिकामा सुदृढ जनसम्बन्ध र संगठन विस्तार अभियानको उद्घाटन

अछामको ढकारी गाउँपालिकामा सुदृढ जनसम्बन्ध र संगठन विस्तार अभियानको उद्घाटन


अर्जुन लुहार 

अछाम । नेपाल कम्युनिष्ट पार्टी अछामले  आज सुदृढ जनसम्बन्ध तथा संगठन विस्तार अभियान उद्घाटन गरेको छ । जिल्लाको  ढकारी गाउँपालिकामा सोमबार अभियान उद्घाटन गरेको हो  ।
 
युवा संगठन नेपालका अछाम जिल्ला सचिवको स्वागत मन्तव्यबाट सुरु भएको उद्घाटन कार्यक्रमको अध्यक्षता ढकारी गाउँपालिका इन्चार्ज रमेश बिसि "समिर" ले गरेका थिए अध्यक्षतामा बोल्दै    पार्टी संगठन चलाउन जनताको साथ र समर्थन मुख्य रहन्छ इतिहासका निर्माता जनता हुन भने जस्तै अब को एकिकृत जनक्रान्तिमा जनतालाई पार्टी संगठनसँग समावेश गरेर लैजानु कार्यक्रमको मुख्य उदेश्य हो। जनता बिनाको पार्टी संगठन चल्छ भन्नु भनेको मानवीय  चेतना गुमाउनु हो। जब जनता साथमा रहन्छ तब मात्र पार्टी चल्ने गर्दछ भन्दै कार्यक्रम समापन गर्नुभएको थियो   । कार्यक्रमको प्रमुख अतिथिमा प्रमुख अतिथिमा जिल्ला कार्यलय सचिव तथा कमान न.१ का इन्चार्ज  लोकेन्द्र शाही 'प्रज्वलन' रहेका थिए । 
 
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि शाहीले  अहिलेका अन्य संसदवादी पार्टी दल वा पात्रले हालसम्म पनि जनताको जिवनस्तरमा कुनै ठोस रुपान्तरण गर्न सकेको छैन। चुनावी प्रक्रियामा गतिला नारा र एजेण्डा ल्याएर जनता र समुदायभित्र स्थापित हुने अनि आफ्नो गन्तव्यमा पुगेपछि आफुले दिएका नारा र एजेण्डा सबै भुल्ने गरेको छन्। पछिल्लो समयमा केपि प्रचण्डहरुले दुई तिहाई बहुमत प्राप्त सरकार गठन गरेपनि राष्ट्र राष्ट्रियता र जनताको जनजिविकाको सवालमा कुनै पनि क्षेत्रबाट उत्तरदायी नरहेको र पार्टी भित्र उल्टै आन्तरिक विवाद जन्माएर टुटको संघारमा दुर्घटना हुन पुग्यो।अब यसको विकल्पमा वैज्ञानिक समाजवादको अकाट्य आवश्यकता रहेको छ‌।जुन हाम्रो पार्टीले एकिकृत जनक्रान्तिको बाटोबाट आवाज ऊठाएर मुर्त एजेण्डा सहित जनतामाझ आईसकेको छ।अब सबै सचेत देशभक्त राष्ट्रवादी वामपन्थी शक्तिहरु एकिकृत भएर दलाल संसदिय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवादी सत्ता प्राप्तिको लागि अब जनमतसंग्रहमा जानुपर्छ। वैज्ञानिक समाजवादी सत्ता प्राप्त गर्ने यो नै उच्चतम बाटो जनमतसंग्रह रहेको बताए ।

कार्यक्रम अतिथिमा दलित मुक्ति मोर्चा नेपाल अछामका अध्यक्ष  दिलिप विश्वकर्मा र ढकारी गाउँपालिकामा पुर्व इन्चार्ज  उमेश बुढा रहनु भएको कार्यक्रमको संचालक कार्यक्रम संचालक ढकारी गाउँपालिका  सचिव दर्शन नेपालीले गर्नु भएको हो ।

अन्य समाचारहरु