arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
स्थानिय समाचार

माछा मार्न म्याग्दी खोलामा गएका एक बालक तीन दिनदेखि बेपत्ताtext size increase   text size decrease   Print    rss (२०७४ आश्विन २४, मंगलवार)

माछा मार्न म्याग्दी खोलामा गएका एक बालक तीन दिनदेखि बेपत्ता भएका छन् ।

म्याग्दीको मंगला गाउँपालिका-२ तल्लो दुखुका १२ वर्षीय सिमन पुन बेनपा-४ तातोपानीको फापरखेत पहिरोनजिक माछा मार्ने क्रममा आइतबार खोलाले बगाएर बेपत्ता भएका हुन् ।

सरस्वती मावि तातोपानीमा कक्षा ५ मा अध्ययनरत पुनसँगै खोलाले बगाएका अर्का बालक पौडी खेलेर बाहिर आएको स्थानीयवासी केशव कँडेलले जानकारी दिए ।

बेपत्ता बालकको खोजीकार्य भइरहेको छ । बिदाको समयमा खोलामा पुगेका पुन खोलामा बेपत्ता भएलगत्तै तातोपानी आसपासका स्थानीयवासी, आफन्त र प्रहरीले खोजीकार्य शुरु गरेका छन् ।

दशैँ तिहारको अवसरमा सामुदायिक तथा निजी विद्यालय बन्द भएको मौका छोपी बालबालिका खोलामा पुग्ने गरेकाले अभिभावकलाई सतर्क रहन प्रहरीले अनुरोध गरेको छ । म्याग्दी र कालीखोलाको सतह घटेको छैन ।

प्रहरी नायब उपरीक्षक वसुन्धरा खड्काले बिदामा बालबालिकालाई अभिभावकको निगरानीमा राख्नुपर्ने र खोला तथा जोखिमपूर्ण स्थानमा देखेलगत्तै सबैले चासो देखाउनुपर्ने बताए ।

म्याग्दी र कालीगण्डकीमा करेन्ट, बल्छी र जालको माध्यमबाट माछा मार्न कलिला बालबालिकादेखि पाका मान्छे जाने गरेका छन् । बजारमा माछाको माग धेरै हुने भएकाले पनि तातोपानीलगायत आसपासका क्षेत्रमा व्यावसायिकरुपमै माछा मार्ने गरिन्छ । (रासस)

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य स्थानिय समाचार
लात्तेवाँज भैरव समाजको बनभोज तथा सम्मान कार्यक्रम सम्पन्न
पहिलो पाइला बुटवलद्वारा अपांग आश्रमलाई लत्ताकपडा र खाद्य सामग्री सहयोग
कपिलवस्तुको बनगाई गेरुवाबाट २१ बर्षिया विवाहित युवती बेपत्ता
कृष्णनगरबाट दिल्ली जाँदै गरेको बस दुर्घटना हुँदा ३ जनाको मृत्‍यु
वुटवलमा एप्पल एजुकेसन नेटवर्क सञ्चालनमा
एक्सीस एजुकेशन बुटवलमा
झापामा चितुवा आतंक, उद्धारमा गएका प्रहरी नै चितुवाको आक्रमणमा
रसुवाको राम्चेलाई निषेधित क्षेत्र घोषणा
नेपाल संवत ११३८ को अवसरमा राजधानीमा साईकल र्‍याली
दोलखामा दाउराले हानेर छोराले आमाको हत्या गरे
गुल्मीको रेसुंगा भगारी खोलामा जिप दुर्घटना, एकजनाको मृत्यु
सुत्केरी हुन नसकेर बाजुराकी १६ वर्षीयाको मृत्यु, गर्भ अवैध
बुटवलमा सक्रिय युवा मञ्च रुपन्देहीको रक्तदान
कपिलवस्तुको वाणगंगा स्थित मन्दिरको प्रतीक्षालयमा एकयुवती मृतावस्थामा फेला
दोलखामा आफ्नी पत्नीको लाठी प्रहारबाट एक ८३ वर्षीय वृद्धको मृत्यु
हेल्थ असिस्टेण्ट संघ स्याङजाद्धारा डा. अमृत पोख्रेललाई स्वागत
लायन्स र लियोद्धारा बृक्षारोपण
नासपातीको रुखबाट खसेर सल्यानमा एक जनाको मृत्यु
रुपन्देहीको ओमसतिया गाउँपालिकाका विजेताहरुको सम्मानमा सुभकामना आदानप्रदान कार्यक्रम
ताप्लेजुङका वनरक्षकका हत्यारालाई सर्वस्वसहित जन्मकैदको फैसला
http://go.oclaserver.com/afu.php?zoneid=1465736