मोहनविक्रम सिंहलाई दर्जन राजनीतिक अभियोग

 

अभियोग नं. १

तपाईं यस्तो किताबी कम्युनिस्ट हो, जसलाई समाजसित केही लिनुदिनु छैन ।

अभियोग नं. २

तपाईले सधै क्रान्तिको वैचारिक छाता ओढ्नुभयो, तर कहिल्यै क्रान्ति गर्नुभएन । क्रान्ति तपाईंका लागि जीवन होइन, केवल बुद्धिविलास हो ।

अभियोग नं. ३

तपाईंले जीवनभर पार्टी होइन, केवल एउटा 'राजनीतिक तालिम केन्द्र' चलाउनुभयो । तपाईं त्यस्तो नेता हो जसले थुप्रै कार्यकर्ता जन्मायो, तर अधिकांशलाई आफूसित टिकाउन सकेन ।

अभियोग नं. ४

तपाईंलाई सबैभन्दा बढी कुण्ठा आफ्ना पूर्वकार्यकर्ताको प्रगतिसित छ । त्यसैले ती दक्षिण हिँडे तपाईं उत्तर र ती पूर्वतर्फ लागे तपाईं पश्चिमतिर लाग्नुहुन्छ।

अभियोग नं. ५

तपाईं यौनका मामिलामा सम्भवतः अरु कुनै पनि कम्युनिस्ट नेताभन्दा 'कमजोर' हुनुहुन्छ ।

अभियोग नं. ६

तपाईं व्यक्तिवादको उत्कृष्ट नमुना हुनुहुन्छ । तपाईंलाई लाग्छ, नेपालमा एउटा कम्युनिस्ट पार्टीको महामन्त्रीको पद तपाईंको जन्मसिद्ध अधिकार हो ।

अभियोग नं. ७

तपाईं करिब दर्जन देश घुमिसक्नुभएको छ, तर कहिल्यै त्यो प्रसंग उल्लेख गर्नुहुन्न । किनकि तपाईंलाई डर लाग्छ, त्यसले तपाईंको शुद्धताको आडम्बर कमजोर बनाउाछ ।

अभियोग नं. ८

तपाईं आफूमाथि खतरा भएर होइन, सार्वजनिक हुने साहसै नभएर अर्धभूमिगत भइरहनुभएको छ ।

अभियोग नं. ९

तपाईंको सामन्ती पृष्ठभूमिको छाप तपाईंको राजनीतिमा पनि छ । तपाईं कम्युनिस्ट पार्टीमा पनि सामन्ती हैकम चलाउन चाहनुहुन्छ ।

अभियोग नं. १०

तपाईंमा फुटपरस्तता अतिवादकै तहमा छ । २/३ वर्षसम्म पनि पार्टी फुटेन भने तपाईंमा छटपटी भइहाल्छ ।

अभियोग नं. ११

नेपालका कम्युनिस्टहरूले बोल्ने झिाझोलाग्दो, जनताले नबुझ्ने, जटिल, अति पुनरावृत्तियुक्त चाउचाउ भाषाको शब्दकोषको लेखक तपाईं हो ।

अभियोग नं. १२

तपाईंलाई लाग्छ, यो देशमा माक्र्सवादको प्रमाणपत्र बाँड्न लायक हात तपाईंकै मात्र हो । शुद्धताका नाममा तपाईंले नेपालको कम्युनिस्ट आन्दोलनलाई आन्दोलन होइन, पुस्तकालय बनाउन खोज्नुभयो ।

____________________ 

मितिः २०६६ फागुन २१ गते

प्रि

य खगेन्द्रजी,

 

य खगेन्द्रजी,

 

 

 

मैले तपाईंका सबै प्रश्न पढेँ । ती प्रश्नबारे मेरो समस्या र कठिनाइ यो हो कि मैले व्यक्तिगत आक्षेपबारे कहिल्यै जवाफ र स्पष्टीकरण दिने वा खण्डन गर्ने गरेको छैन । मेरा अहिलेसम्मका सबै रचना पढ्नुभयो भने त्यो कुरा प्रस्ट हुनेछ । त्यसैले तपाईंले पठाएका व्यक्तिगत प्रकारका प्रश्नको जवाफ दिनु मेरा लागि सम्भव भएन ।

 

जुनप्रकारका प्रश्न तपाईंले पठाउनुभएको छ, तिनीहरू सीधा र सरल जवाफ हुन पनि सक्दैन । सही जवाफ दिनका लागि तिनीहरूसित सम्बन्धित लामो तथ्य र सन्दर्भको विस्तृत चर्चा गर्नु आवश्यक हुनेछ । कैयौँ प्रश्नको जवाफ दिने सन्दर्भमा मैले आफ्ना भूमिकाको चर्चा गर्नुपर्नेछ । तर, त्यसप्रकारको चर्चाले पनि विषयलाई ठीकसित प्रस्ट गर्न सक्ने छैन । उदाहरणका लागिः १ नं. को प्रश्नलाई लिउँ । त्यसको ठीक जवाफ पाउन मेरो सम्पूर्ण पार्टी जीवनको समीक्षा गर्नुपर्नेछ । तर, एउटा प्रश्नको संक्षिप्त जवाफ यो विषयलाई स्पष्ट गर्न सक्दैन । त्यस्तै अन्य प्रश्नको पनि 'होर 'होइनजस्ता संक्षिप्त जवाफले विषयमाथि सही प्रकारले प्रकाश हाल्न सक्ने छैनन् । त्यस्तै व्यक्तिवादको उत्कृष्ट नमुना वा महामन्त्रीको पदलाई 'जन्मसिद्ध अधिकारको प्रश्नलाई नै लिऊँ ? त्यसप्रकारका प्रश्नको जवाफ दिँदा व्यक्तिगत सफाइ दिनुपर्ने हुन्छ । त्यसो गर्दा आफ्नो प्रशंसा गरेजस्तो हुनेछ र त्यसो गर्नु पनि मैले उचित ठान्दिनँ । वास्तवमा त्यस्ता प्रश्नको जवाफ मैले दिने कुरा होइन र तिनीहरूबारे अरूले समीक्षा गर्ने कुरा हो ।

 

म लामो चर्चा गर्नेपट्टि लाग्दिनँ । माथि कतिपय कारणले गर्दा उपरोक्त प्रश्नको जवाफ दिन म असमर्थ छु र त्यसका लागि क्षमाप्रार्थी छु ।

 

अभिनन्दन सहित

.................

 

मोहनविक्रम सिंह


_________________________________

सबै प्रश्नको उत्तरसहित हाजिर हुन समाह्वान गरिन्छ

न्यायाधीशको आसनबाट राजनीतिक विश्लेषक झलक सुवेदीको फैसला

नयाँ पत्रिकाको इजलासले कामरेड मोहनविक्रम सिंहलाई कठघरामा उभ्याएर दर्जन अभियोग लगाएको छ । उसको अभियोगपत्र र त्यसका बारेमा मोहनविक्रम सिंह आफँैले दिनुभएको 'उत्तरविहीन उत्तर' हेरेर फैसला गर्नुपर्ने अचम्मको अवस्थामा म उभिएको छु ।

इजलासले लगाएका अभियोगसँग सम्बन्धित प्रश्न सरसर्ती हेर्दा ५ नम्बरबाहेक अन्य प्रश्नमा कुनै पनि खाले आपत्ति जनाउन वा प्र्रश्नलाई कुनै आग्रहवश अभियुक्तलाई फसाउन लगाइएको फत्तुर भन्न कत्ति पनि मिल्दैन भन्ने मेरो ठहर छ । प्र्रश्न नम्बर ५ को हकमा भने प्र्रश्नको कमजोर भन्ने शब्दको स्थानमा 'उदार' भनेर राखेको भए बढी व्यावहारिक हुन जान्थ्यो होला । कमसेकम प्र्रश्नमा यसप्रकारका शब्द राख्दा अभियुक्तलाई उत्तर दिन बढी प्रोत्साहन मिल्थ्यो भन्ने मलाई लाग्छ । अब लागौँ फैसलातर्फ ।

कामरेड मोहनविक्रम सिंहलाई उहाँका अर्धभूमिगत अवस्थाका एकाध कार्यक्रममा बाहेक मैले कुनै सार्वजनिक स्थलमा देखेेको छैन । तर, नेपालका धेरै कम्युनिस्ट घटकमध्ये एक तत्कालीन नेकपा मालेको विद्यालयको विद्यार्थी छँदादेखि नै मोहनविक्रम अनिवार्य पढ्नैपर्ने एकजना चरित्र भएकाले मैले धेरै कुरा सुनिजान्ने अवसर पाएको थिएँ । अनि मसाल र अन्य पत्रपत्रिकामा नियमित निस्कने उहाँका लेख-रचना तथा अनेक सन्दर्भमा आउने वक्तव्यका माध्यमबाट उहाँलाई नियमित पढिरहने एउटा पाठकका नाताले मेरो दिमागमा उहाँका बारेमा एउटा प्रभाव बन्न गएको थियो ।

उहाँ नेपालको पहिलो पुस्ताका थोरै जीवित र सक्रिय कम्युनिस्ट नेता हुनुहुन्छ । विशेषगरी लामो जेल बसाइबाट निस्कने वेलामा उहाँले लेेखेको गद्दार पुष्पलाल भन्ने सानो पुस्तिकाबाट उहाँको विवास्दास्पद छविको निर्माण सुरु भएको हो, जसलाई उहाँले आजसम्म निरन्तर कायम राख्नुभएको छ ।

अनि चौथो महाधिवेशनका रूपमा कम्युनिस्ट आन्दोलनमा अलग धारको नेतृत्व गर्न थालेपछि उहाँको अलग व्यक्तित्व र परिचय निर्माण भएको थियो । यसरी झन्डै ५५ वर्ष कम्युनिस्ट आन्दोलनमा बिताएका, झन्डै ३५ वर्षदेखि साना-ठूला कम्युनिस्ट घटकको निरन्तर (कहिलेकाहीँ आन्तरिक कारबाहीका वेलाबाहेक) नेतृत्व गरिरहेका मोहनविक्रम सिंह माक्र्सवादका एकजना ज्ञाता र झन्डै पुरेतको तहमा रूढ व्यक्तित्व र छवि बनाएका सर्वमान्य नेता पनि हुन् ।

फैसला सुनाउनु अगाडि उहाँका बारेमा यति कुरा उल्लेख नगर्दा पाठकमा अन्योल उत्पन्न हुने खतरा रहेकाले यसरी बुट्टा भरिएको हो ।

क्रान्तिलाई बुद्धविलासको तहमा झार्ने र सधँै क्रान्तिकारी कुरा गरिरहने, अरूसँग अलग देखिनैका लागि फरक निर्णय गर्दै जाने, कायरताको आरोप स्विकारेर भए पनि सार्वजनिक हुन नमान्ने र कथित क्रान्तिको नाममा सामाजिक चेतना, संघर्षमा जनताको सहभागिताको स्तर तथा समाज र दुनियाँको अन्तर्सम्बन्धमा आएका यामानका परिवर्तनलाई अस्वीकार गर्दै जहिले पनि परिवर्तनको अग्रगामी धारलाई विरोध गरिरहने उहाँको विशेषताका बारेमा अभियोग-पत्रमा सही प्र्रश्न उठाइएको छ । जब वर्गसंघर्ष निणर्ायक तहमा हुन्छ र समाज परिवर्तनका खास मुद्दा तात्कालिक फैसलाका विषय बन्छन् अनि कामरेड मोहनविक्रम माक्र्सवादको निर्णय सिन्धु पल्टाएर त्यसको विरोधमा अनेक बितन्डा र हल्ला मच्चाउन थाल्नुहुन्छ । आपmना कुतर्क र वैयक्तिक अहंलाई सिद्धान्तको जामा पहिर्‍याउन उनले गर्ने कसरत सामान्य पाठकले नबुझ्ने चाउचाउ भाषाको भयावह प्रयोग गर्ने परम्परा वा स्कुुलिङबाटै अगाडि बढेकाले माओवादी नेताका भाषा आज पनि जनताका बीचमा ठट्टाको विषय बनिरहेको छ । पत्रिकालाई पठाएको जवाफमा पनि प्रश्नको सीधा र सरल जवाफ &