सुपादेउराली मन्दिरमा औपचारिक रुपमा पुजापाठ शुरु

सुपादेउराली मन्दिरमा औपचारिक रुपमा  पुजापाठ शुरु


अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको प्रसिद्ध सुपादेउराली मन्दिरमा औपचारिक रुपमा भोली असौज १ गते शुक्रबारदेखि पुजापाठ हुने भएको छ । 


सुपादेउराली मन्दिरमा भोली असोज १ गते शुक्रबार बिहानदेखि औपचारिक रुपमा पुजापाठ हुने भएको हो । 

आज बिहिवार प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेल सहित जिल्लाको शुरक्षा निकाय सहित पुगेको टोलीले मन्दिर ब्यबस्थापन समितिको पदाधिकारी सदस्यहरु सहित संयुक्त बसेको बैठकले स्वास्थ र शुरक्षा मापदण्ड अपनाई खोल्ने निर्णय गरेको थियो । 


गत वैशाख २१ गते मंगलवारदेखि सुपादेउराली मन्दिर बन्द रहँदै आएको थियो ।

उता अर्घाखाँची जिल्लाभरका धार्मिक मन्दिर तथा धार्मिक पर्यटकीय स्थलहरु भाद्र २९ गते मंगलवारदेखि खुलेका थिए । 

तस्बिर स्रोत: अशोक खनाल 

अन्य समाचारहरु