बाँगीमा कांग्रेसको सभापतिमा समणिराम खनाल सभापति निर्वाचित | गुट समाप्त पारी महाधिवेशनलाई सम्पन्न गर्नु पर्छ: सचेतक निर्मला क्षेत्री

बाँगीमा कांग्रेसको सभापतिमा समणिराम खनाल सभापति निर्वाचित | गुट समाप्त पारी महाधिवेशनलाई सम्पन्न गर्नु पर्छ: सचेतक निर्मला क्षेत्री

अर्घाखाँचीडट्कम संवाददाता 

बाँगी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाको वार्ड नम्बर ५ बाँगीमा समणिराम खनाललाई सभापति निर्वाचित गर्दै नेपाली कांग्रेसको वार्ड अधिवेशन सम्पन्न भएको छ ।  


सो अवसरमा नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका सचेतक निर्मला क्षेत्री चौधौँ महाधिवेशनलाई गुट र उपगुट समाप्त पारी   सम्पन्न गर्नुपर्नेमा जोड दिनुभएको छ ।


आज बाँगीको वार्ड अधिवेशनमा क्षेत्रीले यस्तो बताउनुभएको हो । जनताको भावना र लोकतन्त्रलाई बलियो बनाउन काङ्ग्रेसको विकल्प नभएको बताउदै  स्थानीय तह देखि केन्द्रसम्म सहकार्य,एकता र सहमति का साथ अघि बढ्ने बताउनुभएको छ । 


क्षेत्रीले कांग्रेसबाट निर्वाचित हुनुभएका मालारानी ५ का वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधिलाई बधाई समेत दिनुभएको छ । जसमा समणिराम खनाल सभापति ,उपसभापतिमा कृष्णप्रसाद भुसाल,,टामलाल भुसाल ,सचिवमा चन्द्रा बस्नेत ,नारायण बहादुर कुवँर लगायतको नयाँ वडा कार्यसमिती गठन गरिएको क्षेत्रीय प्रतिनिधी नारायण भुसालले जानकारी दिनुभयो ।

अन्य समाचारहरु