भूमिकास्थानमा एमालेका रेशम थापाले ५ वर्ष नगरेको काम चुनावका बेला गर्दै | हार स्विकार गर्न गठबन्धनको आग्रह

भूमिकास्थानमा  एमालेका रेशम थापाले ५ वर्ष नगरेको काम चुनावका बेला गर्दै | हार स्विकार गर्न गठबन्धनको आग्रह

अर्घाखाँचीडट्कम संवाददाता

ढाकावाङ, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिकामा नेकपा (एमाले)का तर्फबाट नगर प्रमुखका उम्मेदवार रेशम थापाले आचारसंहिता विपरित पाइप बाडेको पुष्टी भएको छ ।


भूमिकास्थान वार्ड २ ढाकावाङ र ३ धारापानीमा पिपलनेटामा एमालेका तर्फबाट नगर प्रमुखका उमेदवार रेशम थापाले पठाएको अबैध होमपाइप प्रहरीले बरामद गरेता पनि अहिलेसम्म जिल्ला निर्वाचन आयोगले स्पष्टिकरण मागेको छैनन् ।


पिपलनेटामा ३ वटा र चौतारामा ३ वटा अनलोड गरिएको होपपाइप सहित पाइप ल्याएको सवारी सहित ३ जनालाइ  स्थानियहरुले प्रहरी चौकीमा बुझाएका थिए । रेशम थापाले उक्त होमपाइप  पठाएको पक्राउ परेकाहरुले बयान दिएका थिए ।

शुक्रबार रातिको समयमा बिना श्रोत ल्याइएको होपपाइप स्थानियहरुले सोधपुछ र बरामद गरि ढाकावाङ  प्रहरीमा बुझाएका थिए ।

५ वर्षसम्म बिकासको नाममा केही नगरेका थापाले पाइप बाडेको भन्दै स्थानियबासी आक्रोसित भएका छन् । उता गठबन्धनबाट राष्ट्रिय जनमोर्चाका भुमिकास्थान नगरपालिकाका मेयरका उम्मेदवार झबिलाल थापाले एमालेले चामल र पाइप बाड्को आरोप लगाए । मतदाता प्रभावित पार्न भोज भतेर गर्दै हिड्नु , सामग्री बाड्नु , पैसाले भोट किन्ने प्रयास गर्नु जस्ता काम एमालेहरुले गर्नुनै उनिहरुको हारको मानसिकता भएको उनले दावी गरे ।


भूमिकास्थानमा एमालेहरुले चुनाव अगाडि हार स्विकार गर्दा हुन्छ,  एमाले आफ्नो हारबाट अतालिएर मनपरी गर्न थालेको उनको भनाई छ ।


यस्तै भूमिकास्थान नगरपालिकामा एमालेले गाउँ - गाउँमा पैसा बाडदै पार्टी प्रवेश गराउदै आएको विपक्षीले आरोप लगाउदै आएको छ ।

अन्य समाचारहरु