ढाकावाङको श्री विश्व मावि र विप्लब नेकपा निकट अखिल क्रान्तिकारी बीच २ बुँदे सहमति, ताला खुल्यो

ढाकावाङको श्री विश्व मावि र विप्लब नेकपा निकट अखिल क्रान्तिकारी बीच २ बुँदे सहमति, ताला खुल्यो


अर्घाखाँचीडट्कम संवाददाता 

ढाकावाङ, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको ढाकावाङमा रहेको श्री विश्व माध्यमिक विधालयमा विप्लब नेतृत्वको नेपाल  कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) ले लगाएको तालाबन्दी खोलिएको छ । 


ढाकावाङको श्री विश्व माध्यमिक विधालयका प्रशासन र लेखाशाखामा अतिरिक्त शुल्क बन्द लगायतका विप्लब नेकपाका माग पुरा नभएको भन्दै  अखिल (क्रान्तिकारी) अर्घाखाँचीले लगाएको तालाबन्दी २ बुँदे सहमति गरी खोलिएको हो । 


सहमती अनुसार आ.व २०६८/६९ देखि हालसम्मको बिधालयमा भएको आम्दानी खर्चको हिसाब एक हप्ता भित्र सार्बजनिक गर्ने र बिधालयमा कक्ष ११ र १२ संचालन गर्नको लागि बिधालयमा भयको तल्लो तहको जनशक्तिबाट संचालन गर्ने लाग्ने खर्च र तल्लो तहको जनशक्तिबाट नभई साविक उच्च मावि तहको २ वटा अनुदान कोटा बाहेक अन्य निजि श्रोतका शिक्षाक राखी संचालन गर्ने लागाउने रकम बिधालय प्रशासनबाट एक हप्ता भित्र पेश गर्ने र निशुल्क शिक्षाको लागि छलफल गरिने छ । 


अन्य समाचारहरु