अर्घाखाँचीमा गठबन्धन दलले साझा संयन्त्र गठन गर्ने, एमालेलाई चुनावमा एक वार्ड पनि जित्न नदिने गरि बढार्ने

अर्घाखाँचीमा गठबन्धन दलले साझा संयन्त्र गठन गर्ने, एमालेलाई चुनावमा एक वार्ड पनि जित्न नदिने गरि बढार्ने


अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा सत्ता साझेदार दलले साझा संयन्त्र गठन गर्ने भएका छन् ।

सत्तारुढ दलहरूले जिल्लामा साझा संयन्त्र गठन गर्ने तयारी गरेका हुन् । 

केही दिनमा नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादीले गठबन्धन प्रभावकारी बनाउन साझा संयन्त्र गठन गर्ने भएका छन् ।        

अर्घाखाँचीमा आगामी स्थानिय तह लगायतका निर्वाचनमा  एमाले विरुद्धको तयारी, विकासका योजनामा भएका आर्थिक अनियमितता र बेथितिविरुद्ध भण्डाफोर अभियान संयुक्त रूपमा चलाउन साझा संयन्त्र गठन गरिन लागेको ति दलहरुले बताएका छन् ।  

गठबन्धनलाई स्थायी र दिगो बनाउँदै निर्वाचनसम्मै गठबन्धन कायम राखेर विकास निर्माणका काममा सहकार्य गर्ने गरी साझा संयन्त्र निर्माण हुने उनिहरुको भनाई छ ।   

एमाले सरकारमा हुँदा बजेट परेका योजनामा व्यापक भ्रष्टाचार भएको, एमाले नेताहरूको संरक्षणमा योजनामा कमिसन असुल्ने काम भइरहेको गुनासा आएकाले प्रभावकारी अनुगमन तथा भण्डाफोर अभियान चलाउने विषयमा  केन्द्रित हुने कांग्रेसका एक जिल्ला सदस्यले बताए ।

उता कांग्रेस, राष्ट्रिय जनमोर्चा, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादीका नेताहरुका अनुसार अर्घाखाँची जिल्लामा आगामी निर्वाचनमा एमालेलाई बढार्ने गरी गठबन्धन दलले तयारी गर्ने बताएका छन् । "एमालेलाई आगामी निर्वाचनमा एक वार्ड पनि जित्न नदिने गरि साझा संयन्त्र लाग्ने छ, एकीकृत समाजवादीका नेताहरुको भनाई छ ।" 

‘माथिदेखि तलसम्मको सबै चुनावमा नेकपा एमालेलाई बढार्ने हो। कुचो लगाएर बढार्ने हो।’ एमाले पार्टी नभएर ओली प्राइभेट लिमिटेड भएको उनिहरुले आरोप लगाए। सबै बेथितिको कारक ओली भएकाले ‘ओली प्राइभेट लिमिटेड दण्डित हुनैपर्ने’ ।"

उता नेकपा एमाले फुटेसँगै अर्घाखाँचीमा उक्त पार्टीको अवस्थ्या कमजोर रहेको छ । भने एमालेबाट निर्वाचित जनप्रतिनिधीहरुले ४ वर्षे कार्यकालमा जनअपेक्षा अनुसार काम गर्न नसकेको देखिन्छ । 

अन्य समाचारहरु