वाङ्लाको अमलडाँडामा चितुवाको आक्रमणबाट ७ वर्षिय बालकको मृत्‍यु

वाङ्लाको अमलडाँडामा चितुवाको आक्रमणबाट ७ वर्षिय बालकको मृत्‍यु

अनिल नेपाली 

वाङ्ला, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको जिल्लाकाे सन्धिखर्क नगरपालिका वार्ड नम्बर  ४ वाङ्लाको अमलडाँडामा बालक चितुवाकाे आक्रमणबाट मुत्यु भएको छ । 

वाङ्लाको अमलडाँडामा गुल्मी जिल्लाकाे रेसुगा नगरपालिकामा ८ मा बस्ने  जुना नेपालीका ७ वर्षिय छाेरा सम्राट नेपालीको चितुवाको आक्रमणबाट मुत्यु भएको हो  । 

वाङ्लाको अमलडाँडा निवासी लाल बहादुर नेपालीका भान्जा सम्राट  वाङ्ला मावली घरमा  बसि श्री  भगवती आधारभुत बिधालयमा  कक्षा २ मा अध्यनरत थिए । 

विधालयबाट घरमा फर्की झेला राखि - खाजा खाई विहिवार साँझ करिव ७ बजेको समय आरु खान जाँदा आमा  भएको ठाउँमा पुग्दा चितुवाले एक्कासी आक्रमण गरि जंगलमा लगेको थियो । 

बालक हराएको केही घण्टापछि  जंगलमा खोजी गर्दा एक किलोमिटर पर मृत अवस्थामा बालकको शब फेला परेको परेको प्रहरी निरिक्षक तथा सुचना अधिकारी शकर खड्काले  अर्घाखाँचीडट्कमलाई बताए । 

बालकको गुप्ताङ्ग र साप्राको मासु खाई भोक्रो फोरीको अवस्थामा बालकको मृत शरीर फेला  परेको छ ।  बालक स्कुलबाट घरमा झेला राखि आरु खान जाँदा आमा  भएको ठाउँमा पुग्दा बाघले खाएको आशंका गरिएको छ ।

मृतकको सनाखतको प्रहरी घटनास्थलमा पुगेको छ ।   

अर्घाखाँचीमा फेरि चितुवाको बिगबिगी बढेको देखिन्छ । भने ठाउँ - ठाउँमा घरेलु जनावरलाई आक्रमण गर्दै आएको देखिन्छ ।  

अन्य समाचारहरु