ढिकुरामा सुन्तला, मौसम, अमिलो लगायतका फलफूलमा अज्ञात रोग लागेपछि कृषकहरू चिन्तित

ढिकुरामा सुन्तला, मौसम, अमिलो लगायतका फलफूलमा अज्ञात रोग लागेपछि कृषकहरू चिन्तित


पारस भट्टराई 

ढिकुरा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नं. ९ ढिकुरामा सुन्तला र मौसममा अज्ञात रोग लागेपछि कृषकहरू चिन्तित भएका छन् । 


परम्परागत रूपमा गरिने खेतीसँगै आधुनिक सुन्तला खेती गरेका पकेट क्षेत्र ढिकुरामा बारीमा बिक्री गर्न तयार भएका सुन्तलामा रोग लाग्न थालेपछि कृषक चिन्तित भएका हुन् । 

ढिकुराका कृषक बिष्णु प्रसाद भट्टराईको बारीमा बिक्री गर्ने बेलाको सुन्तला र मौसममा रोग लाग्दा आफ्नो उत्पादन खेर गएको भट्टराईले बताउनुभयो । यसै त उत्पादन गरिएको उत्पादित वस्तु  बिक्री गर्न धौधौ पर्छ अझ फलफूलमा रोग लाग्दा आफु लगायत अन्य कृषक समस्यामा परेको छ ।  जिल्लालाई पालिकामा रुपान्तरण गरेसंगै नगरपालिकाका जनप्रतिनिधिबाट कृषकलाई कुनै सहयोग प्राप्त नभएको भट्टराईले  बताउनुभयो । 

रोगमा संक्रमण देखिएको अबस्था थाहा हुँदा पनि आँखामा पट्टी बाधे जस्तै गरी आफुहरु बसेको कृषकको गुनासो छ। पोहोर परार फलफूलमा कुनै रोगको संक्रमण नदेखिएको तर अहिले अमिलो, मौसम र सुन्तलामा ब्यापक रुपमा रोगको संक्रमण देखा परेको छ। यस्तो अवस्थामा पनि कसैको सहयोग प्राप्त नहुँदा कृषक चिन्तित छन्।

कुनै पनि संस्थाबाट निस्चित रकम छुट्याई यो संक्रमण दर रोक्न ध्यान नदिने हो भने कृषकको लाखौं मुल्य बराबरको फलफूल  क्षति भएर नष्ट हुने निश्चित छ। यसलाई समयमै उपचार नभएमा यो पेसाबाट नै कृषक पलायन हुने देखिन्छ । 

अन्य समाचारहरु