अर्घाखाँचीमा डाइनामिक पब्लिक लाइब्रेरीद्धारा ११ औ स्थापना दिवसको अवसरमा विद्यार्थीहरूलाई फलफुल र मिठाई वितरण

अर्घाखाँचीमा डाइनामिक पब्लिक लाइब्रेरीद्धारा ११ औ स्थापना दिवसको अवसरमा विद्यार्थीहरूलाई फलफुल र मिठाई वितरण

अनिल नेपाली 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । डायनमिक पब्लिक लाइबेरी नेपाल (डिपिएल) अर्घाखाँची शाखाले ११ औ स्थापना दिवसको अवसरमा निर्मल नवज्योति सुस्त मनःस्थिति विद्यालयलाई ग्यासको चुला र विद्यालयमा अध्ययन गर्ने फरक क्षमताका विद्यार्थीहरूलाई फलफुल र मिठाइ वितरण गरी स्थापना दिवस मनाएको छ । 


मंगलबार बिहान डिपिएल अर्घाखाँचीले सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्ण प्रसाद श्रेष्ठको प्रमुख अतिथ्यतामा सामाग्री हस्तान्तरण गरेको हो ।सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख श्रेष्ठले डिपिएल अर्घाखाँचीलाई सामाग्री हस्तान्तरणको लागि धन्यवाद दिए । उनले सन्धिखर्क नगरपालिकाले आगामी दिनहरुमा डिपिएल अर्घाखाँची सँग जोडिएर विभिन्न कार्यक्रम गर्ने प्रतिबद्धता जनाउदै सुस्त मनःस्थिति विद्यालयलाई नगरपालिकाको पुर्ण सहयोग रहने बताए ।


कार्यक्रममा सन्धिखर्क नगरपालिका वडा नं. ९ का अध्यक्ष पदम भुसाल, सुस्त मनःस्थिति विद्यालयकी प्रधानध्यापक कमला भुसाल, डिपिएल अर्घाखाँची सल्हाकार बिजुला रायमाझी, हृदय कुमार भुसाल, कानुनी सल्लाहकार पवित्रा भट्टराई लगायतको अतिथ्यता रहेको थियो । 

कार्यक्रम डिपिएल अर्घाखाँचीका अध्यक्ष अजुन भुसालको अध्यक्षता, महासचिव अमृत भट्टराईको संचालनमा सम्पन्न भएको थियो ।

अन्य समाचारहरु