अर्घाखाँचीमा आज शुक्रबार ६४ जनाले कोरोना जिते, २ जना मात्र संक्रमित थपिए (सम्पूर्ण विवरण सहित)

अर्घाखाँचीमा आज शुक्रबार ६४ जनाले कोरोना जिते, २ जना मात्र संक्रमित थपिए (सम्पूर्ण विवरण सहित)


अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा पछिल्लो २४ घण्टामा थप  २  जना कोरोना संक्रमित थपिएका छन् ।


जिल्लामा आजसम्म सक्रिय कोरोना संक्रमितको संख्या २२९ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा ७७ जना, भूमिकास्थान नगरपालिकामा ३०,      शितगंगा नगरपालिकामा छु,      मालारानी गाउँपालिकामा २०,       पाणिनी गाउँपालिकामा ६८   र छत्रदेव गाउँपालिकामा ७ जना संक्रमित रहेका छन् । 

जिल्लामा गत वर्षदेखि आजसम्म संक्रमितको संख्या २३९९  जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा १०३३  जना, भूमिकास्थान नगरपालिकामा ४५६,  शितगंगा नगरपालिकामा ३११,     मालारानी गाउँपालिकामा २२१,    पाणिनी गाउँपालिकामा १६७    र छत्रदेव गाउँपालिकामा २११ जना संक्रमित रहेका छन् ।   

गएको २४ घण्टामा जिल्लामा ६४ जनाले कोरोना जितेका छन् ।  जिल्लामा गत वर्षदेखि आजसम्म  २१०७ जनाले कोरोना जितेका छन् ।  जसमा सन्धिखर्क नगरपालिकामा ९३९ जना, भूमिकास्थान नगरपालिकामा ४११,     शितगंगा नगरपालिकामा २७३,   मालारानी गाउँपालिकामा १९१,          पाणिनी गाउँपालिकामा ९२   र छत्रदेव गाउँपालिकामा २०१ जनाले कोरोनालाई जितेका हुन् ।

यस्तै जिल्ला प्रशासन कार्यालयका अनुसार काेराेना संक्रमणका कारण जिल्लामा गतवर्षदेखि हालसम्म ६३ जनाको ज्यान गएको छ । जसमा सन्धिखर्क नगरपालिकामा १७ जना, भूमिकास्थान नगरपालिकामा १५,    शितगंगा नगरपालिकामा १ जना आत्महत्या सहित ११,    मालारानी गाउँपालिकामा १०,     पाणिनी गाउँपालिकामा ७,   र छत्रदेव गाउँपालिकामा ३ जना संक्रमित रहेका छन् ।  

शुक्रबारको कोरोना विवरण यस्तो छ:

अन्य समाचारहरु