तिम्रो मायाको भिकारी ।भाग २ ।।

तिम्रो मायाको भिकारी ।भाग २ ।।


प्रिय हुनेवाला मान्छे
—–न्यानो माया अनि मिठो सम्झना !

तिम्रो न्यानो स्नेह र साथको आशमा ,तिमीलाई मैले गर्ने सम्बोधनमा कुनै परिवर्तन आएको छैन, परिवर्तन आवश्यक छ जस्तो पनि लाग्दैन । तिमी मेरो लागि हिजो पनि प्रिय थियौ, आज प्रिय छ्यौ, अनि भोलि पनि हुनेछ्यौ । एकचोटी माया गरिसकेको, मन मुटु, साँटिसकेको मान्छे उत्ति नै प्यारो र प्रिय हुँदो रै’छ आखिर हजारौं चोट दिएको किन नहोस् ।

तिमिलाई बिधालय नजिकै  देखेको त्याे दिन शान्त अनि शितल प्रकाश छर्दै सिंगो घर्तीलाई जल्यवान बनाएको झ्यालका सिसाबाट प्रष्ट देखिएको छ । उज्यालो घर्तिकाे पृष्ठभूमिमा तिम्रा सम्झनाहरु बोकेर सुस्तरी आएका शितल हावाका तरंगहरु कसैलाई चाल नदिइकन कोठाभित्र छिर्दा मनमा हिमतालरुपी भावनाहरु एकाएक पग्लिन पुग्छन्, अनि नदी झै बग्दछन् माया, सम्झना र त्यहींसँगै जोडिएका भावनाहरु । अनि बाध्य बनाउँछन् मलाई, यी भावनाहरुलाई कलमको साहाराले कपीमा अक्षरको स्वरुप दिन ।सायद तिम्रो मायामा म नजानिँदै  फसेछु।

प्रिय हुनेवाला मान्छे अब त म पनि गाउँघरको मेलापातमा कहलिएको लाठे भएको छु । बिधालयमा तिम्राे साथी अनि मेराे साथी उमेश कुरा गर्दै गरेकाे  देखिरहेकाे थिए। प्रष्ट खुलेको नीलो आकाश, कलकल गर्दै बगेको निर्मल खोला, सुस्तरी चलेको बतास हुल बनाएर आकाशमा विचरण गरिरहेका चराहरुको समूह, वरपर देखिएका हरियाली डाँडापाखा, धान राेप्न ठिक्क बनेको हाम्राे ठुलाे खेत अनि त्यही साईटमा ठुलाे छाहारी भएकाे वाेट मुनि मस्त साथीहरुको बीचमा दिनभरि खेलिरहँदा यो मनको मझेरीमा भने तिमी मात्र आइरह्यौ अनेकौं सम्झनाहरु लिएर, लाखौं कल्पना बोकेर अनि मायाको घुम्टो ओढेर !

मेराे घर वाट तिम्राे बिधालय देख्दा लाग्थ्यो, बिधालयका प्रत्येक काेठा अनि तिम्राे तीकेटि साथीहरु र उमेशले तिम्रा यादहरुलाई अझै ताजा बनाउँदैछन् । आखिर नगराउन् पनि किन ? त्यही बिधालयकाे कार्यक्रम त थियो, जसले हाम्राे मिलन गरायो, पिरतीको डोरी बाट्न सहयोग अनि खै के–के, के–के गरायो । यति धेरै कुराहरुको साक्षी बनेको यो बिधालय अनि साथी उमेशलाई यति जाबो यादहरु दिलाउने अधिकार पनि छैन होला त ?

देशमा आएको दाेस्राे ठुलाे संकट काेराेना भाईरस (COVID 19)बाट त्रसित गाउँ आकुल–व्याकुल भएको जस्तै  थियो । म पनि कक्षा १२ काे परिक्षा सकेर गाउँ फर्किएको थिएँ । त्यही दिन त हो प्रिय । चैत्र १४ फागुपूर्णिमा पर्वको अवसरमा  मा जब स्मार्ट युवा क्लबकाे कार्यक्रम भयाे,मलाई के थाहा त्याे कार्यक्रममा तिमी पनि अाउछै भन्ने । प्रिय पारि देखिने गाउँबाट अाएकि तिमी संग भेट हुन्छ भनेर ! म कल्पना सम्म गरेकाे थिएन ।

ठिक्कको उचाइ अनुपात मिलेका तिम्रा शारीरिक अवयवहरु, पुष्ट र फराकिलो निधारमा टल्किएको टीका, छरितो शरीर, कुर्तामा सजिएर खाजा खान हाेटलमा पस्दा तिमी त साँच्चै कति हो कति राम्री देखिएकी थियौ । त्यसैले त पहिलो नजरमै भुतुक्क बनाएकी थियौ मलाई । 

हाेटेल भित्र वाटै बेलाबेलामा मैले तिमीलाई हेरेको सुइँको पाएकाे साथी उमेश संगै अरुलेमतिर हेरेर व्याङ्ग्य गर्थे र भन्थे, ‘यति राम्रेा मान्छेलाई त हाम्रै गाउँको भाउजू  बनाउनुपर्छ ।’ अनि लाजले भुतुक्कै हुन्थें म पनि । एकातिर तिमी थियौ, जो गाउँको परिवेशमा हुर्किएर खेती किसानीको सबै काम जानेकी कति शान्त, सुशील अनि सहयोगी स्वभावकी मान्छे, अर्कोतिर म थिएँ, जो गाउँमै हुर्किको तर खेतका आली–पनि लाउन नजान्ने खेतका गराहरु पनि सम्याउन नजान्ने । साँच्चै त्यो दिन कति धेरै लाज लागेको थियो मलाई आफैदेखि प्रिय ।


हुनसक्छ, प्रकृतिले दिएकाे सुन्दर उपहार गाँउकै छहरा खाेला घुम्न जाँदा हातमा हात मिलाएर खाेला नजिकैकाे उकालो चढेको, बाटामा भेटिएका लालिगुँरासका फुलहरु मैले तिम्रै लागि बडो बहादुरीसाथ टिपिदिएको । माथि डाँडाको टुप्पामा पुगेर जालकाडाँ हेर्दै आनन्दित भएको । झ्लयाकाेट काे  डाँडाे हेर्दै आफ्ना प्रणहरु दोहो¥याएको । सिमलचैर  र डाँडाकटेरी गाउँबस्ती हेर्दै रमाएको । अनि ---------देवीसँग एकअर्कालाई मागेको पनि बिर्सियौ होला । तर, प्रिय, मैले त केही पनि बिर्सन सकेको छैन । तिमीसँग बिताएका प्रत्येक क्षहरु, खाएका वाचा कसमहरु अनि मायाका प्रतिबद्धताहरु मस्तिस्कको कुनामा पत्रपत्र बनेर बसेका छन् । त्यसैले त होला हिजोका तिम्रा न्याना स्पर्शहरु आज बिझाउने काँडा बनेका छन् अनि तिम्रो माया हिजोको प्रेरणाबाट आज मेरो कमजोरी बनेको छ ।कालान्तरसम्म  निस्वार्थ प्रेम गरिरहनेछु।

उही, तिम्रो मायाको भिकारी

दिलकाे राजा दिपेन्द्र खत्री
मालारानी गाउँपालीका वडा नः२ पटाैटी अर्घाखाँची
कसैकाे जिबनमा मेल खान गएमा याे एक संयाेग मात्र हुनेछ । धन्यवाद

अन्य समाचारहरु