अर्घाखाँचीभर विधुत अवरुद्ध, सुचारू हुन अझै हप्ता दिन लाग्न सक्ने | क्षतविक्षत तारहरू नछुन अनुरोध

अर्घाखाँचीभर विधुत अवरुद्ध, सुचारू हुन अझै हप्ता दिन लाग्न सक्ने | क्षतविक्षत तारहरू नछुन अनुरोध


अर्घाखाँचीडट्कम संवाददाता

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अविरल वर्षा र बाढीका कारण अर्घाखाँची जिल्लाभर विधुत अवरुद्ध भएको छ ।


जिल्लाका विभिन्न ठाउँमा पाेल ढलि तारहरू क्षतविक्षत भएका कारण विधुत अवरुद्ध भएको हो । नेपाल विधुत प्राधिकरण अर्घाखाँचीका अनुसार विधुत लाईन नियमित सुचारू गर्न अझै कम्तिमा हप्ता दिन लाग्न सक्ने बताएको छ ।


साथै पाेल ढलि क्षतविक्षत भएका तारहरू नछुन पनि प्राधिकरणले अर्घाखाँचीडट्कम मार्फत अनुरोध गरेको छ । कुनै जानकारी लिन परेमा ९८५७०६६८२४  ९८५७०८६८२६/९८५७०८६८२७ ९८५७०८६८२५ वा ०७७४२०१३१/०७७४२०३९४  मा संपर्क गर्न सकिने बताइएको छ ।


यस्तै सन्धिखर्क लगायत जिल्लाभर खानेपानी पनि अवरुद्ध भएको छ । ठाउँ ठाउँमा बाढी र पहिरो गएको कारण खानेपानी अवरुद्ध भएको हो । साथै जिल्लाभरका सडक अस्तव्यस्त रहेका छन् ।

अन्य समाचारहरु