धारापानीको श्री प्रभाकर माविमा अखिल छैठौंको ईकाई कमिटी गठन

धारापानीको श्री प्रभाकर माविमा अखिल छैठौंको  ईकाई कमिटी गठन

जीवन नेपाली

धारापानी, अर्घाखाँची । अखिल छैठौं अर्घाखाँची संगठन बिस्तारलाई तिब्र गतिमा अघि बढाएको छ ।

सोही अन्तर्गत २०८९/०२/२४  गते मङ्गलबार   भुमिकास्थान नगरपालिका ३ धारापानीको श्री प्रभाकर माध्यमिक विद्यालयमा ईकाइ कमिटी गठन गरिको जिल्ला अध्यक्ष जिवन नेपालीले जानकारी दिनुभएको  छ ।

कार्यक्रम लाई सम्बोधन गर्दै अखिल छैठौं का केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष जिवन नेपाली ले बिद्यार्थी हरुको हक अधिकार प्राप्ति को निम्ति , शैक्षिक बिकृतिको बिरुद्ध , बढदो  महङ्गिको बिरुद्द , राष्ट्रघाति कदम का बिरुद्ध बिद्यार्थी र जनताका बिचमै रहेर संघर्ष र आन्दोलन गर्ने संगठन अखिल छैठौं मात्रै रहेको उहाँ बताउनु भएको थियो ।नेपालीले त्यसैले सम्पूर्ण बिद्यार्थीहरु अखिल छैठौं मा आबद्द भएर बिद्यार्थी आन्दोलनलाई सहयोग गर्न समेत अपिल गर्नु भएको  थियो ।

भेलाले  अमृत सुनार अध्यक्षतामा ३१ सदस्यीय मूल इकाई समिति गठन गरेको छ। जस्को उपाध्यक्षमा जमुना नेपाली  सचिव  राधिका राना मगर , सहसचिव  अन्जना पौडेल  र कोषाध्यक्षमा दिपक बिक चयन हुनु भयको छ।

प्रशिक्षणात्मक भेला अन्जना पौडेलको अध्यक्षता र अखिल (छैठौं ) भुनपा नगर सदस्य विशाल  खनालको सन्चालनमा सम्पन्न भएको थियो ।

अन्य समाचारहरु