कैलालीको चुरेका पहिरो पिडीतको बिचल्ली, जंगलको बास

 कैलालीको चुरेका पहिरो पिडीतको बिचल्ली,  जंगलको बास

कैलाली । गत असारमा पहिरोले घर भत्काएपछि घरबिहीन बनेका कैलालीको चुरे गाउँपालिकाका २ सय ११ परिवार अहिले बिचल्लीमा परेका छन् ।

घर भत्के लगत्तै विद्यालयमा बस्दै आएका पहिरो पीडितहरु विद्यालय सञ्चालनमा आएसँगै जंगलमा पुगेका छन् ।

घर भत्के लगत्तै विद्यालयमा बस्दै आएका उनीहरु विद्यालय सञ्चालनमा आएसँगै ओत विहीन बनेका हुन् ।

केही समयका लागि विद्यालयमा बस्ने ब्यवस्था गरेको गाउँपालिकाले उनीहरुका लागि बसोबासको उचित ब्यवस्था गर्न सकेको छैन ।

वर्षातको समय विद्यालयको चौरमा बिताएका पहिरो पीडित पुष महिनाको जाडोमा जंगलमा पुगेका छन् ।

गाउँपालिकाले पहिरो पीडितका लागि वडा नम्बर ४ को टाँकगडामा बासस्थानको ब्यवस्था मिलाउने निर्णय गरेको थियो ।

गाउँपालिकाको निर्णय अनुसार पीडित परिवार टाँकगडामा बसोबासका लागि गए पनि ।

तर, पहिरो पीडित आएको जानकारी पाउनासाथ स्थानीयले बिरोध गरेपछि पीडितको बिचल्ली भएको छ ।

बिस्थापितहरु बसेको ठाउँ सामुदायिक वन भएकाले आफूहरुले सो स्थानमा पीडितलाई बस्न नदिने स्थानीयको भनाई छ ।

गाउँपालिकाले पीडितको बैकल्पिक ब्यवस्था गरेर अन्यत्र स्थानान्तरण गर्नुपर्ने सामुदायिक वनका पदाधिकारीको माग छ ।

गाउँपालिकाको निर्णय अनुसार टाँकगडामा गएका पहिरो पीडित परिवारलाई स्थानीयको विरोधले समस्यामा पारेको छ ।

समस्या समाधानमा लाग्नु पर्ने गाउँपालिका पनि अहिले आएर आफ्नो निर्णयबाट पछाडि हटेको छ ।

सो स्थानमा पठाउने निर्णय आफूहरुले नगरेको र विस्थापितको व्यवस्थापनका लागि पहल भैरहेको चुरे गाउँपालिकाकाले जनाएको छ । इमेजच्यानलमा समाचार छ । 

अन्य समाचारहरु