शितगंगा नगरपालिका - ५ जुकेनामा कांग्रेसको वार्ड सभापति पदमा राम प्रसाद भुसाल चुनिए

शितगंगा नगरपालिका - ५ जुकेनामा कांग्रेसको वार्ड सभापति पदमा राम प्रसाद भुसाल चुनिए


युवराज पौडेल 

जुकेना, अर्घाखाँची (अर्घाखाँचीडट्कम ) । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तगर्त अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर  ५ जुकेनामा वार्ड सभापति पदमा युबा नेता राम प्रसाद भुसाल चुनिएका छन् । 

जुकेनामा आपसी सहमति हुन नसकेपछि सभापति लगाएत सबै पदको लागि निर्वाचन हुँदा वार्ड सभापति पदमा भुसाल चुनिएका हुन् ।  

यहाँ राम प्रसाद भुसाल र भक्तिराम न्योपाने बिच वार्ड सभापतिमा कडा प्रतिस्पर्धा भएको थियो । 

नेपाली काग्रेसमा कृयासिल सदस्य २७७ जनाको नाम  रहेको वार्डमा जम्मा २२४ मत खसेको थियो ।  जसमध्ये राम प्रसाद भुसाल ११६ मत र  भक्तिराम न्योपाने १०५ मत लिएका थिए ।  ३ भोट रद्द भएका थिए ।

राम प्रसाद भुसाल एक स्वस्छ समाजसेवी नातावाद भष्टचार बिरोधी अन्ययमा परेकालाई न्याएको लागि बोल्ने  र सधैं  समाजको हितको लागि काम गर्ने एक युबा हुन् ।

सभापति भएसगै भुसालले वार्डमा पार्टीलाई सुर्धिण गर्दै सबैलाई एक ठिक्का बनाएर अगाडि बढ्ने बताउनु भएको छ।

अर्घाखाँची नेपाली काग्रेसको  १४ औं महाअदिबेसन ७७ जिल्लाबाट  वार्ड स्थरिय प्रतिनिधिको चुनाव भदौ १८ गते सम्पन्न भएको छ।

अन्य समाचारहरु