धारापानीका १२६ जना कृषकहरूलाई निशुल्क प्लास्टिक टनेल वितरण

धारापानीका १२६ जना कृषकहरूलाई निशुल्क प्लास्टिक टनेल वितरण


अर्घाखाँचीडट्कम संवाददाता 

धारापानी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वार्ड नम्बर ४ धारापानीका कृषकहरूलाई निशुल्क प्लास्टिक टनेल वितरण गरिएको छ । 


धारापानीका १२६ जना कृषकहरूलाई बुधवार निशुल्क प्लास्टिक टनेल वितरण गरिएको हो ।

कार्यक्रममा वडाध्यक्ष बाबुराम सुनार र भूमिकास्थान नगरपालिकाका कृषि अधिकृत राम बहादुर थापा संयुक्त रुपमा कृषकहरूलाई प्लास्टिक टनेल प्रदान गरेका थिए ।     

लुम्बिनी प्रदेशको मुख्यमन्त्री ग्रामीण बिकास कार्यक्रमको योजना अन्तरगत यहाँका कृषकहरूलाई प्लास्टिक टनेल वितरण गरिएको हो ।  

अन्य समाचारहरु