arghakhanchi
मिति: २०६७ भाद्र २१, सोमवार
भर्खरै
थप समाचार
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
मत सर्वेक्षण
अर्घाखाँची च्याट कस्तो लाग्यो? रेडियो स्रोताहरुलाई सुन्नमा अवरोध हुनेभएकोले Voice & video chat राखिएको छैन, यसमा के प्रतिकृया छ ?

अती उत्कृष्ट लाग्यो
राम्रो लाग्यो
सुधार गर्नुपर्छ
Voice-videoपनि राख्नुपर्छ
राम्रो छैन,बन्द गर्नुपर्छ
केही भन्नु छैन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
 
थप समाचार
फ्रान्सेली जनताद्बारा सरकारको सुरक्षा नीति प्रति असन्तुष्टि व्यक्त गर्न जुलुस प्रदर्शन(२०६७ भाद्र २१, सोमवार)
फ्रान्सका केही संस्था, श्रमिक समिति र वामपन्थी पार्टीहरुले हिजो देशभर जुलुस गरेर सरकारले कार्यान्वयन गरेको "देश निकाला गर्ने शंकास्पद नीति रहेको" सुरक्षा नीति, विषेश गरी रोमा मान्छेहरु फ्रान्सबाट बाहिर पठाउने कुरा विरोध गरेका थिए। भारतको उत्तरी क्षेत्रबाट अरु देशमा रेंजर गर्ने मान्छेहरुलाई रोमा मान्छे भन्ने चलन छ। हिजो फ्रान्सका एक सय तीस शहरका दशौं हजारजनादे शहरमा जुलुस निकालेका थिए। पेरिसको तेस्रो क्षेत्रमा पर्ने प्रजातान्त्रिक चोकमा भएको जुलुस फ्रान्समा भएको जुलुसहरुमध्येको सबैभन्दा ठूलो जुलुस हो। स्थानीय समयको दिउँसो दुई बजेदेखि रोमा मान्छे र सामान्य फ्रान्सेली जम्मा भएर जुलुस गरेका थिए। र जुलुसको नेतृत्व गर्ने समूहका नेताहरुले पनि भाग लिएका थिए। सरकारले रोमा मान्छे अरु देशमा पठाउन रोक्नका लागि उनीहरुले ब्यानरसहित नारा जुलुस गरेका थिए।
गणतन्त्र डगेस्तानको एउटा सैनिक क्याम्पमा आत्मघाटी गाडी बम-विस्फोटन(२०६७ भाद्र २१, सोमवार)
गणतन्त्र डगेस्तानको ब्युनकस्क शहरमा अवस्थित एउटा सैनिक क्याम्पमा आज विहान सबेरै एउटा आत्मघाटी गाडी बम-विस्फोटन भएको गणतन्त्र डगेस्तानको कानूनी संस्थाले जनाएको छ। यसमा परी कम्तिमा पाँच जनाको मृत्यु भयो भने अरु 39 जनाको घाइते भएका छन्। स्थानीय समयनुसार आज विहान सबेरै केही अज्ञात् व्यक्तिहरुले गाडी चलाएर सैनिक क्याम्पमा प्रवेश गरेपछि गाडीमा रहेको बम विस्फोट गराएका छन्। प्रारम्भिक तथ्यांक अनुसार, उक्त दुर्घटनाबाट कम्तिमा पाँच जनाको मृत्यु भयो भने अरु 39 जनाको घाइते भएका छन् र केही गम्भिर घाइते भएका छन्। यसबाहेक उद्धारकर्ता त्यहाँ जाने सडकमा अर्को एउटा बम-विस्फोटन गराइएको छ। तर त्यसबाट कुनै मानवीय हताहत भएको छैन।
भारतद्बारा ब्राहमोस दुइ ढाँचे सुपरसोनिक क्रुस क्षेप्यास्त्र सफलताका साथ प्रक्षेपित(२०६७ भाद्र २१, सोमवार)
भारतीय संचारमाध्यमले आज जनाए अनुसार, भारतले आज ब्राहमोस दुइ ढाँचे सुपरसोनिक क्रुस क्षेप्यास्त्रको सफलताका साथ प्रक्षेपण गरेको छ। भारतीय रक्षा अनुसन्धान तथा विकास संगठनका पदाधिकारीले उक्त क्षेप्यास्त्र भारतको पूर्वी भागमा पर्ने उडिसा प्रदेशको समुद्र किनारमा पर्ने प्रक्षेपण स्थलबाट प्रक्षेपित गरिएको जानकारी दिएका छन। थाहा भए अनुसार, ब्राहमोस दुइ ढाँचे सुपरसोनिक क्रुस क्षेप्यास्त्र भारत तथा रुसको संयुक्त विकासमा गरिएको हो। यस क्षेप्यास्त्रको दूरी दुइ सय नब्बे किलोमिटर छ र तीन सय केजी परमाणु अस्त्र बोक्न सक्छ। हाल यस सम्बन्धि अनुसन्धान आकाशतिर प्रक्षेपण गर्नसकिने तथा समुद्रमुनी प्रक्षेपण गर्न सकिने क्षेप्यास्त्रमा केन्द्रित रहेको जनाइएको छ।
एमाले केपी ओलीद्बारा संसद्बाट सरकार बनाउन राष्ट्रिय सहमति नचाहिने विचार व्यक्त(२०६७ भाद्र २१, सोमवार)
नेकपा (एमाले) का नेता केपी शर्मा ओलीले संसद्बाट सरकार बनाउन राष्ट्रिय सहमति नचाहिने बताउनुभएको छ । जनसाहित्यिक मञ्च, काठमाडौँ समितिद्वारा आज संविधानसभा भवन अगाडि आयोजना गरिएको सडक कवितावाचन कार्यक्रममा नेता ओलीले नयाँ संविधान निर्माण र शान्ति प्रक्रियालाई सार्थक बनाउन मात्रै राष्ट्रिय सहमति चाहिने विचार व्यक्त गर्नुभयो । दलका नेताहरूले संसद्मा बहुमतको सरकारका लागि लागिपरेको र बाहिर आएर सहमतिको कुरा गरेको टिप्पणी उहाँको थियो । एमालेका पोलिटब्युरो सदस्य बिजय सुब्बा, जनसाहित्यिक मञ्चका केन्द्रीय अध्यक्ष डा जीवेन्द्रदेव गिरीले शान्ति र संविधानका लागि स्रष्टाहरूले खबरदारी गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा प्राज्ञ रामकृष्ण दुवाल, लक्ष्मण गाम्नागे, देवी नेपाललगायतले कविता तथा गीत प्रस्तुत गर्नुभएको थियो ।
प्रधानमन्त्री नेपालद्बारा देशलाई बेहाल बनाउनमा आफ्नो राजिनामा दिए दुई घण्टामै निकास निस्कन्छ भन्नेहरु जिम्मेवार रहेको आरोप(२०६७ भाद्र २१, सोमवार)
(तपाईंहरु पनि च्याट गर्न चाहनुहुन्छ भने पेजको तल पट्टी गई Sign in गर्न सक्नुहुनेछ) प्रधानमन्त्री नेपालले आफ्नो राजिनामा दिए दुई घण्टामै निकास निस्कन्छ भन्नेहरु यो अवस्था बारे जवाफ दिनुपर्ने बताएका छन्।
राष्ट्रिय मानवअधिकार आयोगले धनुषाको गोदार गाविसमा पर्ने कमला नदी किनारमा शव उत्खनन् तथा अनुसन्धान गर्ने(२०६७ भाद्र २१, सोमवार)
राष्ट्रिय मानवअधिकार आयोगले धनुषाको गोदार गाविसमा पर्ने कमला नदी किनारमा शव उत्खनन् तथा अनुसन्धान गर्ने भएको छ। २०६० असोजमा सुरक्षाकर्मीले सञ्जीवकुमार कर्ण (वर्ष २५), दुर्गेश लाभ (वर्ष २३), जितेन्द्र झा (वर्ष २३), प्रमोदनारायण मण्डल (वर्ष १९) र शैलेन्द्र यादव (वर्ष १८) लाई बेपत्ता पारी हत्या गरेर उक्त स्थानमा गाडेको उजुरी परेको थियो। यसका लागि आयोग सदस्य गौरी प्रधानको नेतृत्वमा राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय विशेषज्ञसहितको १८ सदस्यीय शवोत्खनन् तथा अनुसन्धान टोली आइतबार जनकपुरतर्फ प्रस्थान गरेको आयोगले जनाएको छ। टोलीले भोलिदेखि शव गाडिएको भनिएको स्थानमा प्रशासन तथा नेपाल प्रहरीसमेतको सहयोगमा उत्खनन कार्य गर्ने विज्ञप्तिमा भनिएको छ। उजुरीमा आवश्यक छानबिन गरी अनुसन्धान कार्यलाई अघि बढाउन गत साउन २७ गते आयोगले ती व्यक्तिको शव उत्खनन् गर्ने निर्णय गरेको थियो।
सर्वोच्च अदालतद्बारा माओवादी सभासदलाई आफ्नो भाइलाई गोली हानी हत्या गरेको भन्दै सर्वस्वसहित जन्मकैदको फैसलाको फैसला(२०६७ भाद्र २१, सोमवार)
माओवादी सभासद् बालकृष्ण ढुंगेललाई सर्वस्वसहित जन्मकैदको फैसलाको पूर्ण पाठ सर्वोच्च  अदालतले आइतबार सार्वजनिक गरेको छ । सशस्त्र द्वन्द्वका बेलाको कर्तब्य ज्यान मुद्दामा सर्वोच्चले गत पुस १९ गते ढुंगेललाई सजाय हुने फैसला गरे पनि पूर्ण पाठ तयार नभएकाले त्यसको कार्यान्वयन हुन सकेको थिएन । अब भने उनलाई कारबाहीको बाटो खुलेको सर्वोच्चले जनाएको छ । 'अब फैसला सम्बन्धित जिल्ला अदालतमा पुग्नेछ' सर्वोच्चका सहायक प्रवक्ता हेमन्त रावलले भने,'त्यस लगत्तै कार्यान्वयनको प्रक्रिया सुरु हुनेछ ।'  ढुंगेल संविधानसभा निर्वाचनमा ओखलढुङ्गा- २ बाट निर्वाचित भएका थिए । ओखलढुंगाकै गणेशकुमार श्रेष्ठले आफ्नो भाइ उज्जनकुमारलाई २०५५ असार १० मा  ओखलढुंगाको खहरे खोलाको दोभानमा ढुंगेलले गोली हानी हत्या गरेको भन्दै उनी विरुद्ध प्रहरीमा जाहेरी दिएका थिए ।
हस्तमैथुन पुरुषले मात्रै गर्दैनन्(२०६७ भाद्र २१, सोमवार)
image
काठमाडौं बालाजुकी २६ वषर्ीया सोफिया शर्माको -नाम परिवर्तन) श्रीमान् डेढ वर्षअगाडि कामका लागि विदेश गएका छन् । श्रीमान् विदेश गएपछि सोफियाले आफ्नो यौनचाहना पूरा गर्न हस्तमैथुन गर्दै आएकी छिन् ।
भारतीय रेल स्टेसन नजिकै एक नेपाली महिलाको काटिएको अबस्थमा लास फेला(२०६७ भाद्र २१, सोमवार)
भारतको वावागन्ज स्थित रेल स्टेसन नजिकै एक जना नेपाली महिलाको काटिएको अबस्थमा लास फेला परेको छ ।  नेपालगन्जबाट १५ किलोमिटर दक्षिण पर्ने उक्त रेलस्टेसनमा अछाम धमाली गाबिस-६ की चन्दा जीसीको लास फेला परेको प्रहरीले जनाएको छ । जीसीको लास रेलको लिक नजिक दुई टुक्रा भएको अबस्थामा आईतबार फेला परको हो । चन्द्रा ६ महिना देखि आफनो लोग्ने बासुदेव जीसीका साथ वावगन्जमा मजदुरी गरी बस्दै आएकी थिईन । शनिबार दिउसो  चन्द्रालाई  रेल स्टेशनमा आत्महत्या गर्ने क्रममा स्थानीयले फेला पारेर  जोगाएका थिए । 
 
 
अनमिनलाई फिर्ता नपठाऊ(२०६७ भाद्र २०, आइतवार)
नेपालका लागि संयुक्त राष्टिसंघीय मिसन अनमिन लाई पिर्ता पठाउने नपठाउने विषयमा मतभेद उत्कर्षमा पुगेको छ । यही अवस्थामै अनमिनलाई नेपालबाट पिर्ता पठाए शान्ती प्रकि्रया नै धरापमा पर्ने देखिन्छ त्यसैले तत्कालका लागि अनमिनलाई पिर्ता पठाउने निर्णय ठीक हुदैन । शान्ती प्रकि्रया प्रारम्भ दखी नै  देश जोखमपुर्ण अवस्थामा गुजि्ररहेको छ । छ महिना भित्रमै शान्ती प्रकि्रयालाई तार्किक निकर्षमा पुर् याउने माओवादी सेनाहतियार गोली गठ्ठा लगायतका शान्ती स्थापनाका मुद्धालाई समायोजन गर्ने सहमतीले कार्यन्यनता पाउन नसक्दा  चार वर्ष बितिसक्दा समेत टुगोमा पुग्न सकेको छैन ।
बुटवलमा झाडापखालाका नौ जना बिरामीमा हैजाको जिवाणु भेटिए, एक जनाको मृत्यु(२०६७ भाद्र २०, आइतवार)
बुटवलमा झाडापखालाका थप तीन बिरामीमा हैजाको जिवाणु भेटिएको छ । यससंगै अहिलेसम्ममा बुटवलमा नौ जनामा हैजाको जीवाणु भेटिएको लुम्बिनी अञ्चल अस्पतालले जनाएको छ । शनिबार हैजाको जीवाणु भेटिनेमा बुटवल ४ की मनिषा बुढाथोकी, पार्वती दर्नाल र सेमलारकी तुलसी क्षेत्री छन् । झाडापखालाबाट जिल्लामा एक जनाको मृत्यु भइसकेको छ । बुटवलमा खानेपानी कार्यालयबाट बाडेको पानी नै दुषित भएको र सो पानी शुद्धिकरण नगरी खाने गरेकाले झाडापखाला र त्यसमा हैजाका बिरामी बढेको जनस्वास्थ्य प्रमुख महेश्वर श्रेष्ठले बताए । नौ जनामा हैजाको जिवाणु भेटिएपछि जिल्ला जनस्वास्थ्य कार्यालय, बुटवल नगरपालिका र स्वास्थ्यसंग सम्बन्धित संघसस्थाहरुले शनिबारदेखि पानी उमालेर मात्र खान  र सरसफाइमा ध्यान दिन नगरवासीलाई सम्झाउदै हिड्न थालेका छ्न् ।
संयुक्त राष्ट्र संघका महासचिव बान कि मूनद्वारा पाकिस्तानमा भएको आतंकबादी गतिबिधिको कडा निन्दा(२०६७ भाद्र २०, आइतवार)
संयुक्त राष्ट्र संघका महासचिव बान कि मूनले हिजो तीन तारिखका दिन वक्तव्य प्रकाशित गरी हाल पाकिस्तानको पूर्वी शहर लाहौर र दक्षिण-पश्चिमी शहर क्वेतामा भएको आतंकबादी बम विस्फोटनको कडा निन्दा व्यक्त गरेको छ। उनका अनुसार, उक्त घटनाबाट कयौं सर्वसाधारणहरुको हताहत भएको छ त्यसकारण उक्त गतिबिधिलाई हामीले स्वीकार गर्नसक्दैनौँ। साथै उनले पीडित भएका परिवारका सदस्य, पाकिस्तान सरकार र जनतालाई शोक व्यक्त गरेका छन्।
दक्षिण कोरिया र अमेरिकाले 5 तारिख कोरियाली प्राय-द्विपको पश्चिमी समुद्री क्षेत्रमा संयुक्त समुद्री सैनिक अभ्यास गर्ने(२०६७ भाद्र २०, आइतवार)
दक्षिण कोरियाली संयुक्त चिफ अफ स्टाफ कार्यालय तथा दक्षिण कोरिया र अमेरिकाको संयुक्त कमाण्डर-कार्यालयले आज 3 तारिखका दिन जनाएअनुसार दक्षिण कोरिया र अमेरिकाले यसै महिनाको 5देखि 9 तारिखका दिनसम्म कोरियाली प्राय-द्विपको पश्चिमी समुद्री क्षेत्रमा संयुक्त समुद्री सैनिक अभ्यास गर्ने भएको छ।
आज छैटौं चरणको निर्वाचनमा, प्रधानमन्त्री चुनिने सम्भावना कम [माओवादीले साँसद किन्न ५० करोड मागेको सार्वजनिक अडियो सहित](२०६७ भाद्र २०, आइतवार)
(तपाईंहरु पनि च्याट गर्न चाहनुहुन्छ भने पेजको तल पट्टी गई Sign in गर्न सक्नुहुनेछ) पाँच पटकसम्म तटस्थ बसेको एमालेले आईतबार पनि कसैलाई मत नदिने बताएको छ। सार्वजनिक अडियो भित्र जानुहोला।
ब्राजिलका राष्ट्रपति लुई इनासियो लुला दि सिल्वाले ल्याटिन अमेरिकाको एकीकरणको कामलाई तीव्र गति दिन आह्वान(२०६७ भाद्र २०, आइतवार)
image
ब्राजिलका राष्ट्रपति लुई इनासियो लुला दि सिल्वाले ल्याटिन अमेरिकाको एकीकरणको कामलाई तीव्र गति दिन आह्वान गरेका छन् । भर्खरै स्थापना गरिएको ल्याटिन अमेरिकाको एकीकरणका लागि संघीय विश्वविद्यालय -उनिला) मा पहिलोपटक प्रवचन दिँदै लुलाले सो आग्रह गरेका हुन् । -उनिला पमराग्वेको सिमानजिकको पाराना राज्यको फोज दो इगाकु भन्ने ठाउँमा स्थापना गरिएको छ । नवस्थापित सो विश्वविद्यालयमा हाल ब्राजिल, अर्जेन्टिना, पाराग्वे र उरुग्वेका दुई सयजना विद्यार्थी छन् र त्यहाँ महाद्वीपको एकीकरण कार्यलाई उन्नत बनाउन प्रयास हुनेछ ।
मुलुकमा अझै दुई- तीन दिन मनसुनी वायु सक्रिय भई वर्षा जारी रहने(२०६७ भाद्र २०, आइतवार)
मुलुकमा अझै दुई/तीन दिन मनसुनी वायु सक्रिय भई वर्षा जारी रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विशेषगरी तराई क्षेत्रमा मनसुनी वायु बढी सक्रिय हुने र तीन/चार दिनपछि वर्षा कम भई पुनः वर्षा हुने अनुमान गरिएको छ । गत वर्षको तुलनामा यो अगस्टमा ५० प्रतिशतभन्दा बढी वर्षा भएको पनि विभागले जनाएको छ । विभागको देशभरका १५ वटा वर्षामापन केन्द्रबाट सङ्कलित विवरणअनुसार गत वर्षको सोही अवधिमा सबैभन्दा बढी भैरहवामा ६० प्रतिशत, काठमाडौँ, धनगढी, नेपालगन्जलगायत १२ केन्द्रमा ५० प्रतिशतभन्दा बढी वर्षा भएको छ । यस अवधिमा दाङ, सुर्खेत र ताप्लेजुङमा औसतमात्र वर्षा भयो । यसैगरी विभागको विगत २४ घण्टाको मौसमी विवरणअनुसार काठमाडौँमा ३३.४ मिलिमिटर, विराटनगरमा पाँच, पोखरामा ३२.४, धनगढीमा ७३.७ र दिपायलमा ६२.५ मिलिमिटर वर्षा भएको छ ।
माओवादीद्वारा आफ्नो पार्टीलाई संवैधानिक बाटोबाट हिँड्न नदिने षड्यन्त्र भइरहेको भन्दै पुनः विद्रोहको गर्ने चेतावनी(२०६७ भाद्र २०, आइतवार)
माओवादीका पोलिटव्युरो सदस्य हरिबोल गजुरेल 'शीतलकुमार' ले संवैधानिक बाटो अवरुद्ध पारिए आफ्नो पार्टी पुनः विद्रोहको झण्डा उठाउन बाध्य हुने चेतावनी दिएका छन्। आफ्नो पार्टीलाई अहिले पनि संवैधानिक बाटोबाट हिँड्न नदिने षड्यन्त्र भइरहेको भन्दै सो चेतावनी दिएका हुन्। किरात गणराज्य टावर निर्माणका लागि 'चलचित्र दशगजा' प्रदर्शनबाट उठेको रकम हस्तान्तरण कार्यक्रममा नेता गजुरेलले हाल जारी केन्द्रीय समिति बैठकमा पनि यही विषयमा छलफल भइरहेको र बैठकले सशक्त निर्णय गर्ने खुलासा गरे। 'यो विवादले पार्टीको नयाँ विचार, नीति र योजनालाई नयाँ उचाइमा पुर्‍याई पार्टीलाई एकताबद्ध बनाउनेछ', उनले भने। सो अवसरमा उनले किराती जनसाँस्कृतिक परिवारको पहिलो गीति दस्तावेज 'तायजोङ्गको आवाज' एल्वम् विमोचन गरेका थिए।
गर्भवती आमा र गर्भमा रहेको भ्रुणको मुटुको घड्कन एकैपटक धड्किने तथ्य पत्ता(२०६७ भाद्र २०, आइतवार)
बि्रटेनका वैज्ञानिकले लामो अध्ययनपछि गर्भवती आमा र गर्भमा रहेको भ्रुणको मुटुको घड्कन एकैपटक धड्किने तथ्य पत्ता लगाएका छन् । यो अध्ययनको नतिजाबाट गर्भवती महिलाको स्वास्थ्य परीक्षणमा समेत सहयोग पुग्ने भएकाले स्वास्थ्य परीक्षणका लागि समेत प्रयोग गर्न लागिएको छ ।वैज्ञानिकका अनुसार, जब गर्भवती महिलाले लयबद्ध ढंगले श्वास लिने गर्छन् तब गर्भवती आमा र उसको गर्भमा रहेको भ्रुणको मुटुको धड्कन पनि एउटै लयमा धड्किने गर्छ ।
शेरबहादुर देउवाद्वारा असन्न काँग्रेस महाधिवेशनका लागि पार्टी सभापतिमा उम्मेदवारी घोषणा,प्यानलबाट विमलेन्द्र निधिले महामन्त्री र कोषाध्यक्षमा चित्रलेखा यादवले उम्मेदवारी दिए (२०६७ भाद्र २०, आइतवार)
काँग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले असन्न महाधिवेशनका लागि पार्टी सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । त्यसैगरी उनको प्यानलबाट विमलेन्द्र निधिले महामन्त्री र कोषाध्यक्षमा चित्रलेखा यादवले उम्मेदवारी दिएका छन् । तीनै जनाको उम्मेदवारी खुमबहादुर खड्काले प्रस्ताव गरेका हुन् । आइतवार दिउँसो कार्यकर्ताहरुको भीडमाझा खड्काले पार्टीलाई ०४८ सालको अबस्थामा फर्काउनका लागि देउवाको नेतृत्व सक्षम हुने देखेर आफुले प्रस्ताव गरेको बताए । ०४८ सालको संसदीय चुनावमा काँग्रेसले दुई तिहाइ बहुमत ल्याएको थियो । देउवाले पनि आफुले पार्टीलाई एकताबद्ध बनाएर शक्तिशाली बनाउने प्रतिबद्धता व्यक्त गरे । 'अहिलेको चुनौतीलाई सामना गर्न सक्ने ठूलो, शक्तिशाली र जनप्रिय पार्टी बनाउने छु' देउवाले भने । उनले आदिवासी जनजाति, दलित, मधेसीलगायतका उपेक्षित समुदायलाई समेटेर नेतृत्व गर्ने पनि बताए ।
माओवादी दाहाल र कङ्ग्रेस पौडेल छैटौं पटक पनि प्रधानमन्त्रीमा पराजित / मधेशी मोर्चा विभाजित [माओवादीले साँसद किन्न ५० करोड मागेको सार्वजनिक अडियो सहित](२०६७ भाद्र २०, आइतवार)
(तपाईंहरु पनि च्याट गर्न चाहनुहुन्छ भने पेजको तल पट्टी गई Sign in गर्न सक्नुहुनेछ) माओवादी अध्यक्ष पुष्पकमल दाहाल र कङ्ग्रेस नेता रामचन्द्र पौडेल छैटौं पटक पनि प्रधान मन्त्रीमा पराजित भएका छन्। सार्वजनिक अडियो भित्र जानुहोला।
माओवादीको नेतृत्वमा सरकार बन्न नदिन भूमिका खेल्दै आएको भारतका राजदूत राकेश सुदले प्रधानमन्त्रीलाई भेट(२०६७ भाद्र २०, आइतवार)
भारतीय राजदूत राकेश सुदले प्रधानमन्त्री माधवकुमार नेपालसंग आइतवार दिउँसो करिव एक घण्टा भेटघाट गरेका छन् । प्रधानमन्त्री निर्वाचनको पूर्वसन्ध्यमा भएको छलफलमा उनले राजनीतिक सहमति कायम गर्न सुझाव दिएका थिए । प्रधानमन्त्रीको छैटौं चरणको निर्वाचन दिउसो ३ बजे तय गरिएको छ । प्रधानमन्त्रीका बिदेश सल्लाहकार राजन भट्टराईका अनुसार राजदूत सुदले प्रधानमन्त्रीसंग भेटमा राजनीतिक सहमतिका आधारमा नेपालीले गर्ने निर्णय आफुहरुलाई मान्य हुने उल्लेख गर्दै सहमति कायम गर्न जोडदिएका हुन् ।  भारतले सुरुदेखि नै माओवादीको नेतृत्वमा सरकार बन्न नदिन भूमिका खेल्दै आएको छ । प्रधानमन्त्री नेपालसंग उनको पार्टी एमालेले निरन्तर रुपमा लिएको तटस्थताको निर्णय बारे पनि चासो राखेका थिए । त्यसैगरी राष्ट्र संघीय मिसन (अनमिन) को म्याद थप्ने वा नथप्ने सम्बन्धमा पनि उनीहरुबीच छलफल भएको थियो । अनमिनको म्याद थप्ने विषयमा भारतको नकरात्मक दृष्ट्रिकोण रहँदै आएको छ ।
मजदुर किसान पार्टीका विजुक्छेले सुविधा खोसिने डरले दलहरु राष्ट्रपति शासनको विपक्षमा रहेको दाबी, राष्ट्रपति शासनको पक्षमा(२०६७ भाद्र २०, आइतवार)
राष्ट्रपति शासनको पक्षमा वकालत गर्दै आएका नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले राष्ट्रपति शासनको सम्भावना रहेको बताएका छन् । प्रधानमन्त्री निर्वाचनपछि संसद् भवन परिसरमा सञ्चारकर्मीसित कुरा गर्दै विजुक्छेले तर दलहरुले आफूले खाएको सुविधा खोसिने डरले दलहरु राष्ट्रपति शासनको विपक्षमा उभिएको बताए । 'राष्ट्रपति शासनको सम्भावना छ,' उनले भने, 'तर यसका लागि मन्त्रिमण्डलले लिखितरुपमा निर्णय गर्नुपर्छ, आफूले खाएको भाग छाड्न उनीहरु तयार छैनन् ।' विजुक्छेले राष्ट्रपति शासन लगाए अहिलेका सवै समस्या अन्त्य हुने बताए । 'राष्ट्रपति शासन लगाए अहिलेको भ्रष्टाचार र अराजकता पनि अन्त्य हुन्छ,' उनले भने ।
प्रधानमन्त्री चयनका लागि सातौं चरणको निर्वाचन भदौ २२ गते पर्सी हुने(२०६७ भाद्र २०, आइतवार)
(तपाईंहरु पनि च्याट गर्न चाहनुहुन्छ भने पेजको तल पट्टी गई Sign in गर्न सक्नुहुनेछ) प्रधानमन्त्री चयनका लागि सातौं चरणको निर्वाचन भदौ २२ गते मंगलबार हुने भएको छ ।
प्यालेष्टाइन र इजरेलबीचको प्रत्यक्ष वार्ता अमेरिकाको वाशिङटनमा प्रत्यक्ष वार्ता पुनःशुरु(२०६७ भाद्र १९, शनिवार)
इजरेली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र प्यालेष्टाइन राष्ट्रिय परिषदका अध्यक्ष महमुद अब्बासले हिजो अमेरिकाको वाशिङटनमा बीस महिना स्थगित भएको प्रत्यक्ष वार्ता पुनःशुरु गर्नुभयो। उक्त प्रत्यक्ष वार्ताको अध्यक्षता गर्नुभएका अमेरिकी परराष्ट्र मन्त्री हिलारी क्लिन्टनले शान्ति वार्ताको सफलतामा "धीरता, निरन्तरता र नेताको क्षमता" चाहिने कुरा बताउनुभयो। श्री नेतान्याहुले हिजै अमेरिकी परराष्ट्र मन्त्रालयले आयोजना गरेको पुनःवार्ताको शुभारम्भ समारोहमा प्यालेष्टाइनलाई इजरेल "यहुदी राष्ट्रिय मुलुक" भन्ने कुरा मान्यता दिन फेरि एक पटक आग्रह गर्नुभयो।
पाकिस्तानमा आएको महिना लामो बाढीको कारण बाढी पीडितको उद्धार गर्न कठिनाइ-संयुक्त राष्ट्र सङ्घ(२०६७ भाद्र १९, शनिवार)
पाकिस्तानमा आएको महिना लामो बाढीको कारण प्रभावित क्षेत्रमा आवश्यक बस्तुको आपुर्ति गर्न लगायत उद्धार गर्न चाहे जस्तो छिटो गर्न नसकेको र चुनौतिपूर्ण भएको संयुक्त राष्ट्र सङ्घका प्रबक्ता फरहान हकले बताउनु भएको छ । संयुक्त राष्ट्र सङ्घ मानव अधिकार मामिला कार्यालयले सक्दो प्रयास गर्नको लागि पाँच मुख्य अन्तर्राष्ट्रिय संयोजन समिति खोलेको पनि जानकारी दिनुभयो । साथै संयुक्त राष्ट्रसङ्घले दुई साता अघि अन्तर्राष्ट्रिय समाजसँग गम्भीर बाढी प्रकोपग्रस्त पाकिस्तानका लागि करिब 46 करोड अमेरिकी डलरको सहायताको आव्हान गरेको थियो। र हालसम्म उक्त मागअनुसार त्रीसठी दशमलव चार प्रतिशत पुगेको छ ।
भारतको राजधानी नयाँ दिल्लीमा डेँगु रोग लागेका मानिसको संख्या गत पाँच वर्षको तुलनामा दश गुणा वृद्धि, स्थिति अझ गम्भीर हुने अनुमान(२०६७ भाद्र १९, शनिवार)
भारतको राजधानी नयाँ दिल्लीमा डेँगु रोग लागेका मानिसको संख्या वृद्धि भएको छ। अधिकारीको तथ्याङ्कअनुसार, एक हजार भन्दा बढीमा उक्त रोग लागेका छन् भने तीन जनाको मृत्यु भइसकेको छ। उक्त संख्या गत पाँच वर्षको तुलनामा दश गुणा पुगेको छ।
अन्मिनको म्याद थप्ने विषयमा नेपालस्थित कुटनीतिकहरुसँगको भेटघाटमा तिव्रता (२०६७ भाद्र १९, शनिवार)
(तपाईंहरु पनि च्याट गर्न चाहनुहुन्छ भने पेजको तल पट्टी गई Sign in गर्न सक्नुहुनेछ) नेपाली सेनालाई अन्मिनको निगरानीबाट हटाएर अन्मिनको म्याद थप्ने विषयमा प्रधानमन्त्री नेपालले शुक्रबार संयुक्त राष्ट्रसंघका प्रभावशाली देशका नेपालस्थित दूतहरुसँग छलफल गरेका छन्।
माओवादी डा. बाबुराम भट्टराईको गाडीमाथि त्रिशूली खण्डमा बसले दिएको ठक्कर शङ्कास्पद भन्दै छानबिन गर्न माग(२०६७ भाद्र १९, शनिवार)
गोर्खाबाट काठमाडौं आइरहेका माओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराईको गाडीमाथि त्रिशूली खण्डमा एक बसले शङ्कास्पद तरिकाले ठक्कर दिएको छ। मुगलिन-गजुरी खण्डमा पर्ने चितवन दारेचोक गाविस-९ तिस्लिङमा बिहान ११ : १० मा उनी चढेको वा १ छ ७५८ नं. को गाडीमा लु १ ख ६१३९ नं. को बसले ठक्कर दिएको हो। ठक्कर दिए पनि उनी दुर्घटनाबाट जोगिएका छन्। बुटवलबाट काठमाडौं आइरहेको गाडीले भट्टराई चढेको गाडीमा शङ्कास्पद तरिकाले ठोक्काएको उनका सहयोगी विश्वदीप पाण्डेले बताए। 'हामी दुई किलोमिटर परैबाट अगाडि जान हर्न दिइरहेका थियौं तर बस ड्राइभरले साइड दिइरहेका थिएनन्', पाण्डेले नागरिकन्युजसँग भने- बल्लबल्ल बसले प्रहरीको स्कर्टिङलाई साइड दियो, त्यसको पछिपछि जाँदा असहज ढङ्गले पछाडिको भागमा गाडी ठोक्कायो। जसबाट गाडीको ढोका कुच्चिएको छ।
माओवादी पुष्पकमल दाहालद्वारा आफ्नो पक्षमा भोट माग्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका शीर्ष नेताहरुका निवास - निवासमा(२०६७ भाद्र १९, शनिवार)
माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पक्षमा मत दिन आग्रह गर्दै शुक्रबार राष्ट्रिय प्रजातन्त्र पार्टीका शीर्ष नेताहरुसँग छलफल गरेका छन् । लोकन्थलीस्थित राप्रपा नेता लोकेन्द्रबहादुर चन्दको निवासमा चन्दसहित राप्रपा अध्यक्ष पशुपतिशम्शेर जबरासाग छलफल गरेका छन् । भेटमा राजनीतिक गतिरोध अन्त्य गर्ने विषयमा छलफल भएको राप्रपाले जनाएको छ । चन्द, राणा र दाहालबीच प्रधानमन्त्रीको निर्वाचन, शान्तिप्रक्रियाका विषयमा छलफल भएको अध्यक्ष राणाले बताए । राणाका अनुसार अध्यक्ष दाहालले यही भदौ २० गते हुने प्रधानमन्त्री निर्वाचनमा आफूलाई सघाउन आग्रह गरेका थिए । राप्रपाले पाँच चरणको निर्वाचनमा कांग्रेस उम्मेदवार रामचन्द्र पौडेललाई मत दिंदै आएको छ ।
१७ वर्ष अघिको रहस्यमय दासढुंगा दुर्घटनामा आधारित फिल्म दासढुंगा देशव्यापी रिलिज(२०६७ भाद्र १९, शनिवार)

१७ वर्ष अघिको रहस्यमय दासढुंगा दुर्घटनामा आधारित फिल्म 'दासढुंगा'को प्रिमियर गरिएको छ। एमाले नेता मदन भण्डारी र जीवराज आश्रितको निधन हुने गरी भएको जिप दुर्घटनाको रहस्य खोतल्ने प्रयास गरेको यो फिल्म हेर्न बिहीबार बिहान कुमारी हलमा विभिन्न पार्टीका नेताको भीड लागेको थियो। सबैको आग्रह रह्यो, 'रहस्यमै सीमित यो घटनाको अनुसन्धान टुंगोमा पुर्‍याउनु पर्छ।'  फिल्मको प्रिमियरमा एमाले अध्यक्ष झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल, नेता अमृतकुमार बोहोरा, एकीकृत माओवादीका उपाध्यक्ष बाबुराम भट्टराई, नेतृ हिसिला यमी, राप्रपा अध्यक्ष पशुपतिशमशेर राणा थिए। आश्रितकी पत्नी माया ज्ञवाली समेत प्रिमियर सोमा उपस्थित थिइन्।