arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
विश्व समाचार

नयाँदिल्लीको जीबी रोडस्थित देहव्यापार अखडामा भारतीय केन्द्रीय मन्त्री कै संलग्नता text size increase   text size decrease   Print    rss (२०७४ भाद्र २५, आइतवार)

world news

भारतको राजधानी नयाँदिल्लीस्थित रेड लाइट एरिया जीबी रोडमा देहव्यापार अखडा पूर्ण रुपमा बन्द गर्ने अभियान सुरु गरेको दिल्ली महिला आयोगले त्यस्ता अखडा संचालनमा केन्द्रीय मन्त्रीको समेत संलग्नता रहेको दाबी गरेको छ ।

दिल्ली महिला आयोगकी अध्यक्ष स्वाति मालिवालले देहव्यापार अखडा संचालनमा एक केन्द्रीय मन्त्रीको समेत संलग्नता देखिएको दाबी गरेकी हुन् । उनले ती मन्त्रीको नाम भने खुलाएकी छैनन् । चाँडै नै आफूले ती मन्त्रीको नाम सार्वजनिक गर्ने उनले बताइन् ।

तिहाड जेलमा आयोजित कला उत्सवमा विशेष अतिथिका रुपमा पुगेकी उनले भनिन्,  संसद भवनबाट ३ किलोमिटरको दुरीमा यस्तो घृणित काम भइरहँदा पनि सरकार मुकदर्शक भएर बसिरहेको छ । 

महिला आयोगका तर्फबाट जीबी रोडमा बेलाबेलामा छापा मार्ने काम भएको उल्लेख गर्दै अध्यक्ष स्वातिले हालैमात्र आफूहरुले ६ वर्षदेखि कोठीमा बेचिएकी एक महिलाको उद्धार गरेको जानकारी दिइन् ।

आफूहरुलाई उच्च तहबाट बारम्बार धम्की आएको पनि उनले खुलासा गरिन् । केन्द्र सरकारलाई निशाना बनाउँदै उनले भनिन्,  म जेल मै जानु परे पनि यस्ता घृणित कार्य रोक्न कुनै कसर बाँकी राख्दिनँ । 

उनले महिला अयोगकी पूर्व अध्यक्ष बरखा सिंहलाई पनि निशाना बनाइन् । उनले भनिन्,  ८ वर्षसम्म आयोगलाई नेतृत्व गर्दा तपाईले कुनै दिन जीबी रोडका महिलाको आवाज सुन्नु भयो ? 

उनले तिहाड जेलमा रहेका महिला कैदीबन्दीसँग अनुभव साट्न तथा उनीहरुको समस्या बुझ्न आफू जेलमा बस्न चाहेको पनि बताइन् । उनले जेल प्रशासनलाई आफू र आफ्नो टिम एक सातासम्म जेल मै बस्न चाहेको सुनाइन् । उनले भनिन्,  हामी जेलमा रहेका महिलाका समस्यालाई नजिकबाट जान्न र बुझ्न चाहन्छौं ।  (एजेन्सी)

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य विश्व समाचार
भारतको झारखन्ड राज्यमा पटाका कारखानामा आगलागी, आठ जनाको मृत्यु
मेक्सिकोमा गएको शक्तिशाली भूकम्पमा परेर २४८ जनाभन्दा बढीको मृत्यु
लन्डनको दक्षिण-पश्चिम क्षेत्रमा भुमिगत रेलमार्ग विस्फोटमा १८ जना घाइते
उत्तर कोरियाले फेरि जापानतिर लक्षित गर्दै मिसाइल छाडेपछि दक्षिण कोरियाको जवाफी मिसाइल प्रहार
हरियाणातर्फ जाने क्रममा यमुना नदीमा डुंगा पल्टियो, २० जनाको मृत्यु, कयौं बेपत्ता
इथियोपियाको दक्षिणी क्षेत्रीय प्रदेशमा ३ हजार ९९ जना कैदीलाई जेलमुक्त
अमेरिकामा अर्धचेत बिरामीको रगत तान्न अस्वीकार गर्दा नर्सलाई पक्राउ गर्ने प्रहरीमाथि छानबिन सुरु
म्यानमारमा रोहिंज्या मुसलमानको एउटा गाउँमा ७ सयभन्दा धेरै घर जलाएर नष्ट
मुम्बईमा भारी वर्षाका कारण डुबानबाट १ करोड ६० लाख मानिस प्रभावित
भारतीय आध्यात्मिक गुरू बलात्कारमा दोषी ठहरपछि हिंसामा मारिनेको संख्या ११ जना पुग्यो
यमनमा हवाई कारबाहीमा ४२ सर्वासाधारण मारिए
सिरियाली शहर राक्वामा गरिएको हवाई आक्रमणमा २१ बालबालिकासहित ५९जनाको मृत्यु
भारतीय राज्य बिहारमा बाढीबाट ९१ जनाको मृत्यु, करिब ९६ लाख नागरिक प्रभावित
उत्तर कोरिया अमेरिकाको सैन्य अखडालाई निशाना बनाएर हमला गर्ने योजनामा
चीनको सिचुवान प्रान्तमा शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेको संख्या १३
अफगानिस्तानको सारीपुल प्रान्तमा भएको चरमपन्थी आक्रमणमा ५० जना सर्वसाधारणको मृत्यु
काबुलस्थित इराकी दूतावासमा आक्रमण गर्ने चारै जना आक्रमणकारीहरु मारिए
जर्मनीको एक रात्री क्लबमा भएको गोली प्रहारमा दुई जनाको मृत्यु
टर्कीमा सरकार विरोधी पत्रिकाका ७ जना पत्रकार ८ महिनापछि जेलमुक्त
उत्तर कोरियाको ब्यालिस्टिक मिसाइलको निशाना अमेरिका