arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
अर्थ,वाणिज्य,कृषि समाचार

भक्तपुरमा अझै ४० प्रतिशत जमिनमा रोपाइँ गर्न बाँकीtext size increase   text size decrease   Print    rss (२०७४ श्रावण १, आइतवार)


मनसुन कमजोर भई पर्याप्त वर्षा नभएपछि असार सकिए पनि भक्तपुरमा अझै ४० प्रतिशत जमिनमा रोपाइँ गर्न बाँकी छ ।

अघिल्ला वर्षमा असारको अन्तिम साता नै रोपाइँ सकिने भक्तपुरमा यसवर्ष मनसुन कमजोर भई पर्याप्त वर्षा नहुँदा असार सकिए पनि जिल्लामा ४० प्रतिशत खेत अझै बाँझो रहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

जिल्लाको दुई मुख्य खोला मनोहरा र हनुमन्तेका साथै खस्याङ, खुसुङखोला किनारको फाँटमा सिँचाइको सहज सुविधा भएपनि सिरुटार, दधिकोट, गुण्डु, सिपाडोल, ताँथली, सुडाल, नंखेललगायत गाउँमा आकाशे पानीको भरमा रोपाइँ गर्नुपर्ने बाध्यता छ ।

मनसुन कमजोर भई आवश्यकमात्रामा वर्षा नभएपछि कृषक सुक्खा जमिनमा भएपनि रोपाइँ गर्न बाध्य छन् । बीउ छिपिएर खेर जान लागेपछि सुक्खा जमिनमा भएपनि धान रोप्नु परेको उनीहरु बताउँछन् । परम्परागत राजकुलो मासिएका कारण रोपाइँमा असर गरेको कृषकको गुनासो छ ।

असार सकेपनि रोपाइँ गर्न नपाएका चाँगुनारायण नगरपालिका-९, ताथलीका कृषक हरि छुकाले यसपाली मनसुन एकदमै कमजोर भएका कारण ताथली क्षेत्रमा अझै रोपाइँ गर्ने जग्गा बाँझै रहेको जानकारी दिए ।  बीउ छिप्पीसक्यो, अहिलेसम्म रोपाइँ शुरु गर्न पाएको छैन । वर्षदिन खानका लागि रोप्ने धान समयमा रोप्न नपाएपछि कृषक चिन्तित भएका छन्- उनले भने ।

सूर्यविनायक नगरपालिका-६, कटुञ्जेका अर्का कृषक सञ्जय खड्काले अघिल्ला वर्षमा असारको दोस्रो सातासम्म रोपाइँ सकिसक्ने खेतमा यसपाली मनसुन साह्रै कमजोर भएका कारण असारको अन्तिमसम्म रोपाइँ शुरु गर्न नसकेको बताए । उनले बढ्दो शहरीकरणसँगै जग्गा प्लटिङ गर्नेले पुख्र्यौली राजकुलो बन्द गरेका कारण रोपाइँमा समस्या आएकाले आकाशे पानीको भर पर्नुपरेको गुनासो गरे ।

सिँचाइका लागि खोलानाला, पोखरी नजिक भएका स्थानमा पम्पसेटमार्फत सिँचाइ गरेर रोपाइँ गरिएको तर आकाशे पानीको भरमा रोपाइँ गर्नुपर्ने ताथली, सुकाल, सिरुटार, गुण्डु, नंखेल, कटुञ्जे, दधिकोट, दुवाकोट, चाँगु, सिपाडोल र चित्तापोल क्षेत्रमा अझै रोपाइँ बाँकी भएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख पूर्ण ढुंगानाले जानकारी दिए ।

उनले यसवर्ष भक्तपुरमा पानी नभएका कारण सुक्खा धान रोप्नुपर्ने अवस्था सिर्जना भएको बताउँदै रोपाइँकै लागि कृषि कार्यालयबाट जिल्लाका चारैवटा नगरपालिकामा समेट्ने गरी कृषकको समूहमा २० ओटा पानी तान्ने पम्प वितरण गरेको जानकारी दिए ।

जिल्लाकोे ११ हजार १०६ हेक्टर खेतीयोग्य जमिनमध्ये चार हजार ३४८ हेक्टरमा धानखेती गरिन्छ । भक्तपुरमा वार्षिक २७ हजार मेट्रिक टन धान उत्पादन हुने गरेको छ ।

भक्तपुरमा प्रतिहेक्टर ६.२ टन धान उत्पादन हुने गरेको छ जुन नेपालको समग्र उत्पादन प्रतिशतभन्दा दोब्बर हो । रासस 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य अर्थ,वाणिज्य,कृषि समाचार
दशैं नजिकिदै गर्दा उपत्यकाकामा किनमेल गर्नेको चहलपल सुरु
आगामी भदौ १६ गतेदेखि कात्तिक ९ गतेसम्म चाडपर्वका लागि सुपथमूल्यका पसल सन्चालन हुने
सेयर बजार ऋणात्मक
१४ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी पौष ६ गतेदेखि १८ गतेसम्म आयोजना गर्ने रुपन्देही उद्योग संघको निर्णय
काठमाडौंमा प्लास्टिकको चामल बिक्री
जहाँ हरेक कपडाको मूल्य पाँच सय रुपैयाँ मात्र
बुटवलमा पाँच दिने नेतृत्व विकास तालिम समापन
धान दिवस ! किसानलाई भ्याइनभ्याई
ओम र मनास्लु विकास बैकको संयुक्त कारोवार
प्रभु बैंकद्वारा गलकोटको एक विद्यालयलाई २ थान कम्प्युटर सहयोग
आर्थिक वर्षका लागि झन्डै १३ खर्ब रुपैयाँ बराबरको बजेट प्रस्तुत् (यस्तो छ बजेटको पूर्णपाठ)
रुपन्देहीमा पहिलो पटक मेसिनबाट च्याउको बल बनाउने मेसिन
सेयर बजार परिसूचक नेप्सेमा सामान्य अंकको गिरावट
सेयर बजारमा सामान्य गिरावट
शेयर बजारमा सामान्य अंकले ऋणात्मक
उतार-चढाव रहँदै आएको सेयर बजार स्थीर
सेयर बजारमा छलाङ जारी
नेपाल टेलिकमले फोन कल गर्न ऋण रकम उपलब्ध गराउने
नेपाल र भारतबीच थप पाँच वर्षको लागि इन्धन आपूर्ति सम्झौता तेल आयातको लागत घट्यो
पछिल्ला महिनामा पूँजीगत खर्चमा सुधार