अर्घाखाँचीका साना उद्यमीलाई घरेलु तथा साना उद्योग कार्यालयद्वारा प्रविधि हस्तान्तरण (फोटो सहित)

अर्घाखाँचीका साना उद्यमीलाई  घरेलु तथा साना उद्योग कार्यालयद्वारा प्रविधि हस्तान्तरण (फोटो सहित)


सागर महत  

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाका उद्यमीलाई घरेलु तथा साना उद्योग कार्यालयले ८०% अनुदानमा प्रविधि हस्तान्तरण गरेको छ । जिल्ला भर बाट छनोट भएका २५ जना साना उद्यमीलाई प्रविधि हस्तान्तरण गरिएको हो ।


जसअन्तर्गत कुटानी पिसानी मिल , तोरी पेल्ने मिल,साईजर मेसिन, कम्प्रेशर ट्याङ्की पावर ट्रिलर ,दाना मिस्ने मेसिन, फर्निचरमा प्रयोग हुने चाफ कटर , ,डिजिटल काँटा ईन्डस्ट्रि सिलाई मेसिन ,धान कुटने हलर मेसिन ,ओभरलक जुता सिलाउने मेसिन लगायतका सामाग्री अनुदानमा वितरण गरिएको घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीका प्रमुख केशव सुनारले बताउनुभयो।


२०% मात्र उद्यमीको लगानी रहेको प्रविधि उद्यमीले ५ वर्ष सम्म बेचबिखन गर्न तथा कसैलाई भाडामा लगाउन नपाइने सम्झौता समेत गरिएको बताईएको छ ।

अन्य समाचारहरु