बल्कोटको मालिकामा कांग्रेसको टोल समिती गठन, सभापतिमा तुल्सिराम पाण्डे चयन

बल्कोटको मालिकामा कांग्रेसको टोल समिती गठन, सभापतिमा तुल्सिराम पाण्डे चयन


केशब पन्थी | अर्घाखाँचीडट्कम संवाददाता 

बल्कोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नम्बर ३ बल्कोटको मालिकामा नेपाली कांग्रेसको टोल समिती गठन भएको छ । 


बल्कोटको मालिकामा आज बिहिवार तुल्सिराम पाण्डेको सभापतित्वमा कांग्रेसको टोल समिती गठन भएको हो ।


यस्तै अर्घाखाँचीडट्कमलाई प्राप्त जानकारी अनुसार नयाँ समितीमा उपसभापति मेघनाथ बेल्बासे, सचिवमा दुर्गा लामिछाने, सह-सचिवमा मेघ बहादुर कुमाल, कोषाध्क्ष्यमा खिमा भुसाल चयन भएका छन् । 

साथै समितीको सदस्यहरुमा क्रमश:- हिम्मत पन्थी, ठाकुर सापकोटा, लालमणी पाण्डे, तुल्सा पाण्डे, गोमा कुमाल "क", गोमा कुमाल "ख", दामोदर लामिछाने, रुपा पाण्डे, अन्जु भुसाल र रुपा पाण्डे चयन भएका छन् ।        
 

अन्य समाचारहरु