कपिलवस्तुको कृष्णनगरमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कपिलवस्तुको कृष्णनगरमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


अर्घाखाँचीडट्कम संवाददाता 

कृष्णनगर - कपिलवस्तुको कृष्णनगर नगरपालिका ११ झिंगहा आर.टि.ओ. सडकमा बसले ठोकिँदा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । लु १ ख ७४५० नम्बर बसले यु.पी.५५ एच. ०३७५ नम्बरको मोटरसाइकललाई ठोकिँदा कृष्णनगर १२ नारायणापुर निवासी ३५ वर्षका रामबरण यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरिक्षक रण बहादुर विष्टले जानकारी दिनुभएको छ ।

घाइतेलाई उपचारका लागि बहादुरगञ्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको विष्टले बताउनुभयो । शवलाई पोष्टमार्डमका लागि बहादुरगञ्ज अस्पतालमा पठाइएको छ ।

मोटरसाइकल चालक उत्तरबाट दक्षिणतर्फ गईरहेको अवस्थामा कृृष्णनगरबाट उत्तरतर्फ आउँदै गरेको बस झिंगहाको चोकको घुम्तीमा दुर्घटना भएको हो ।सचालक र गाडी प्रहरीको नियन्त्रणमा रहेको र सो घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।  

अन्य समाचारहरु