सन्धिखर्क नगरपालिकामा कुहिने र नकुहिने फोहोरलाई छुट्टै राख्ने अभियान शुरु (फोटो फिचर)

सन्धिखर्क नगरपालिकामा  कुहिने र नकुहिने फोहोरलाई छुट्टै राख्ने अभियान शुरु (फोटो फिचर)

सागर महत / अर्घाखाँचीडट्कम संवाददाता

सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाले नयाँ वर्ष २०७८ सालको अवसरमा कुहिने र नकुहिने फोहोरलाई छुट्टै राख्ने अभियान सुरु गरेको छ ।


प्लाष्टिक, रबर, नाइलन, धातु, खाद्य, काठ, सिसा, कागजलगायतलार्ई फोहोरको वर्गीकरणअनुसार राख्ने अभियान थालिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले जानकारी दिनुभयो । फोहोर व्यवस्थापन गर्न विभिन्न किसिमका चुनौती देखिएपछि अभियान थालिएको हो ।


दोस्रो चरणमा फोहोर व्यवस्थापनका लागि नगरपालिकाभित्र रहेका २८ वटा टोलसुधार समितिका अध्यक्षले त्यसको व्यवस्थापनमा लाग्ने सन्धिखर्क नगरपालिकाले जनाएको छ । कुहिने र नकुहिने फोहोर व्यवस्थापनका लागि छुट्टाछुट्टै गाडीको व्यवस्था गरिएको छ ।

अन्य समाचारहरु