केरुङ्गाको मथुरा एग्रोफोरेस्ट्री बहुप्राविधिक शिक्षालयमा एकीकृत समाजवादी निकट अनेरास्ववियूको कमिटी गठन

केरुङ्गाको मथुरा एग्रोफोरेस्ट्री बहुप्राविधिक शिक्षालयमा एकीकृत समाजवादी निकट अनेरास्ववियूको कमिटी  गठन


सागर परियार

केरुङ्गा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची  जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नम्बर ४ केरुङ्गा अवस्थित मथुरा एग्रोफोरेस्ट्री बहुप्राविधिक शिक्षालयमा नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियू क्याम्पस कमिटी  गठन  भएको छ ।


अनेरास्ववियू अर्घाखाँचीको संगठन बिस्तार अभियान  अन्तरगत आज मधुरामा पपुलर भुषालको अध्यक्षतामा ७१ सदस्यीय कमिटी निर्माण गरिएको हो । 


कार्यक्रममा अनेरास्ववियू केन्द्रिय सचिब नारायण   सर्मा, जिल्ला कमिटी  अध्यक्ष  सागर परियार लगायतका  नेताहरुले  प्रशिक्षण दिनु  भएको थियो । 
 

कार्यक्रम   जिल्ला कमिटी  सह सचिब बिकास पाण्डेको  संचालनमा सम्पन्न  भएको हो ।

अन्य समाचारहरु