सिद्धाराको सिलिङखोलामा घर गोठ जलेर ५ लाख ५० हजार रुपैयाँको धनमाल नष्ट, १ जना प्रकाउ

सिद्धाराको सिलिङखोलामा घर गोठ जलेर ५ लाख ५० हजार रुपैयाँको धनमाल नष्ट, १ जना प्रकाउ


अर्घाखाँचीडट्कम संवाददाता

सिद्धारा,  अर्घाखाँची (अर्घाखाँचीडट्कम)  । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर -९ सिद्धाराको सिलिङखोलामा घर र गोठ जलेर करिब ५ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

सिद्धाराको सिलिङखोलाका ज्ञान प्रसाद आचार्यको घर र गोठमा मंगलबार बेलुकी आगलागी हुँदा घर र गोठ पूर्णरुपमा जलेर करिब ५ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको हो ।

प्रहरीले अर्घाखाँचीडट्कमलाई दिएको जानकारी अनुसार आगलागी घटनामा शंकास्पद रहेका १ जनालाई अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको छ । 

स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

अन्य समाचारहरु