अर्घाखाँचीका सबै सरकारी कार्यालयहरु भोलिदेखि कोरोना विरुद्धको खोप कार्ड अनिवार्य, नत्र प्रवेश निषेध

अर्घाखाँचीका सबै सरकारी कार्यालयहरु भोलिदेखि कोरोना विरुद्धको खोप कार्ड अनिवार्य, नत्र प्रवेश निषेध


अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा रहेका सम्पूर्ण सरकारी कार्यालयहरु अबदेखि सेवा लिन आउने  सेवाग्राहीले कोरोना विरुद्धको खोप लगाएको  कार्ड अनिवार्य रुपमा लिएर आउनुपर्ने भएको छ । 

अर्घाखाँची हुलाक कार्यालय, सन्धिखर्क । 

जिल्लामा रहेका सम्पूर्ण सरकारी कार्यालयहरु भोलि माघ ७ गतेदेखि सेवा लिन आउने सबै सेवाग्राहीले कोरोना अर्थात कोभिड–१९ विरुद्धको खोप लगाएको  कार्ड अनिवार्य रुपमा लिएर आउनुपर्ने भएको हो ।

सेवाग्राहीको कार्ड बाहिर गेटमा चेक गरेर मात्र भित्र प्रवेश दिईनेछ । भने कार्ड नभएकाले सेवा पाउने छैनन् ।  

उता जिल्ला प्रशासन अर्घाखाँचीले कोरोना संक्रमण बढ्दै गएको भन्दै  स्थानीय तहलाई राहदानी, नागरिता, राष्ट्रिय परिचय पत्र जनजाती, दलित प्रमाणिकरण लगायतका सम्पूर्ण सेवाहरु आजदेखि आलोपालो दिन शुरु गरेको छ । 

प्रशासनले जारी गरेको सुचना अनुसार पाणिनी गाउँपालिका, भूमिकास्थान नगरपालिका र शितगंगा नगरपालिकाका सेवाग्राहीहरुलाई आईतवार, मंगलवार र विहिवारको दिन छुट्टाईएको छ । 

यस्तै मालारानी गाउँपालिका,  सन्धिखर्क नगरपालिका  र छत्रदेव गाउँपालिकाका सेवाग्राहीहरुलाई सोमवार, बुधवार र शुक्रवारको दिन छुट्टाईएको छ ।

अन्य समाचारहरु