चिलीमा नेपाली समाजद्वारा हिन्दु नारीहरुको महान चाड हरितालिका तीजको दरखाने कार्यक्रम सम्पन्न (तस्बिरहरु)

चिलीमा नेपाली समाजद्वारा हिन्दु नारीहरुको महान चाड हरितालिका तीजको दरखाने कार्यक्रम सम्पन्न (तस्बिरहरु)

ç

अमर पुन 

शान्तियागो, आईतवार, २० भदौ २०७८, एकिके, चिली ।  दक्षिण अमेरिका चिलीमा रहेका नेपालीहरुको साझा सस्था नेपाली समाज चिलीले हिन्दुनारीहरुको महान चाड हरितालिका तीजको शुभकामना आदानप्रदान तथा दरखाने कार्यक्रम भब्य र सभ्य रुपमा सम्पन्न गरेको छ ।


नेपाली समाज चिलीका महिला उपाध्यक्ष सान्ता सापकोटाको अध्यक्षता र नेपाली समाज चिलीका महासचिव श्रीराम पौडेलकोसञ्चालनमा शुरुभएको दरखाने कार्यक्रमको प्रमुख अतिथि लामो समय देखि दक्षिण अमेरिका इकिकि चिलीमा रहेको हिन्दु मन्दिरकामुख्य पुजारी महाराज गुरु माधव प्रसाद ढकाल हुनुहुन्थ्यो भने अथिती हरुमा गैराअवासिय नेपाली संघ NRNA/NCC चिली का अध्यक्ष कृष्ण चन्द्र भट्टराई र नेपाली समाज चिली लाई कानुनी रुपमा दर्ता प्रक्रियामा अगाडि बढाई रहेका कानुनव्यबसायी वकिल लुइस पालापे रोआ(Luiz palape roa) हुनुहुन्थ्यो । 


नेपाली समाज चिलीका अध्यक्ष सिवहरी बस्नेतले चिलीभर रहेका नेपाली हरुको तर्फबाट शुभकामना मन्तव्य दिनु भएको थियो ।  नेपालीसमाज चिलीका संस्थापक सदस्य तथा माउन्ट एभरेष्ट रेस्टुरेन्ट का सञ्चालक राधिका आचार्य र  "डोको नेपाल" का सञ्चालक सन्तोषमहतोले "डोको नेपाल" ले उपलब्ध गराएको नेपाली पसमिना दोसल्ला ओढाएर अतिथि हरुको स्वागत गरेको थियो ।


नेपाली समाज चिलीका सस्थापक महासचिब तथा वर्तमान कानुनी सल्लाहकार अमर पुन लगायत अतिथि हरुले शुभकामनामन्तव्य व्यक्त गर्नु भएको थियो । प्रमुख अतिथी माधव ढकाल ले हरितालिका तीज कसरी र कहिले देखि मनाउन सुरु गरियो भन्नेइतिहास वताउदै नेपाली समाज चिलीले नेपालमा २०७२ वैशाख १२ गते गएको महा भूक्मपमा केन्द्र बिन्दु मै पुगेर सबै भन्दा पहिलेसहयोग गरेको जस्ता इतिहास कसैले चाहेर पनि मेटाउन नसक्ने आगामी दिनमा पनि यस्तै ऐतिहासिक कामहरु समाजले गर्ने छ भन्नेमन्तव्य राख्नु भएको थियो । 


यसै गरि NRNA/NCC Chile का अध्यक्ष कृष्ण चन्द्र भट्टराई ले नेपाली समाज चिली र एनआरएनए चिली विचकोसद्भाव सदैव सकारात्मक रहेको वताउदै नेपालीहरु समस्या परेको बेलामा एकले अर्का लाई सहयोग गर्न तयार रहेको वताउनु भएको छ ।तीजले नेपालीहरु बिचमा उत्साह र उमंग मात्र न भएर आपसमा भाईचाराको सम्बन्ध पनि बढाओस भनेर शुभकामान  दिनु भएको थियो । 


चिलीकै एक प्रतिष्ठित कानुन व्यबसाय लुइस पालापे रोआ(Luiz palape roa) ले अथितिको मन्तव्य व्याक्त गर्दै नेपाली समाज चिलीलाई चिली सरकारवाट पनि आधिकारिकता प्रदान गराउने प्रकिया अगाडि बढाएको वताउनु भएको छ । उहाले आफूबाट सकिने सहयोगसल्लाह सधै हुने भन्दै नेपाली संस्कृतिमा रमाउन पाउँदा खुशी अनुभुति भएको बिचार ब्यकत गर्नु भएको थियो । 


नेपाली समाज चिलीकोआयोजनामा भएको कार्यक्रममा चिली इकिकि लगायतका ठाउमा भएका धेरै नेपाली दिदिबहिनी र दाजुभाइ हरुको उपस्थिति रहेकोथियो । 


तस्वीर अमर पुनः/अर्घाखाँची डटकम - चिली । 

अन्य समाचारहरु