प्रेममा विक्षिप्त गुल्मी रूरूका एक युवाद्वारा चेन्नईमा आत्महत्या

 प्रेममा विक्षिप्त गुल्मी रूरूका एक युवाद्वारा चेन्नईमा आत्महत्या

चेन्नई (भारत) । तामिलनाडुको राजधानी चेन्नईमा एक नेपाली युवाले आत्माहत्या गरेका छन् । उनी गुल्मी रूरू गाउँपालीका ६, निबासी गंगा बहादुर दर्लामी मगरका छोरा डिल बहादुर दर्लामी मगर रहेको मूलप्रवाह अखिल भारत नेपाली एकता समाजले जानकारी दिएको छ ।

मूलप्रवाहका केन्द्रीय सदस्य धनबीर पुनका अनुसार २५ वर्षीय डिल बहादुर हाल चेन्नईस्थित ताम्बाराममा रहेको जिकेएम इन्जीनिएरिङ कलेजमा कार्यरत थिए । उनले १२ अगस्त २०२० का दिन डिउटी कै समयमा झुण्डिएर आत्माहत्या गरेको स्थानीय प्रशासनले जनाएको छ ।

सँगै काम गर्नेहरूले देखेपछि तुरून्तै कलेज म्यानेजमेन्ट र प्रशासनलाई जानकारी गराएका थिए । पेरंगलातुर पुलिस स्टेशनले घटनाको बारेमा जाँचबुज गर्दा अविवाहित निज डिल बहादुर दर्लामी प्रेम प्रसंगमा तनावग्रस्त भइ आत्माहत्या गरेको निष्कर्ष निकालेको छ ।

मृतक डिल बहादुरका भाई तिल बहादुर पनि दाजुसँगै नाइट डिउटीमै थिए । भाइलाई पनि दाजुको बारेमा कतिपय कुरा जानकारी भएकोले प्रहरीलाई केश डिल गर्न सहज भएको बताइएको छ ।

उनले नेपालकै कुनै जिल्लामा घर भइ हाल भारतको हरियाणामा काम गर्ने एक जना केटीसँग फेसबुक मार्फत साथी बनेर दुवै जना विवाह समेत गर्ने बचनबद्धता गरेको खुल्न आएको प्रशासनले जनाएको छ । प्रहरीका अनुसार मर्ने दिन अबेरसम्म रूँदै फोनमा कुरा गरेको रेकडिङ हात परेको छ ।

मृतक डिल बहादुरका बुवा आमाले छोराको अन्तिम मुख देख्ने इच्छा गरे पछि कलेज प्रशासनले निजको पार्थिव शरीरलाई भाइ तिल बहादुर दर्लामीको जिम्मा लगाएर एम्बुलेन्सद्वारा स्वदेश पठाएको छ । युगदर्शनमा समाचार छ । 

अन्य समाचारहरु