अमेरिकाकी १७ वर्षीया युवतीको खुट्टा विश्वकै सबैभन्दा लामो खुट्टा रुपमा रेकर्ड

अमेरिकाकी १७ वर्षीया युवतीको खुट्टा विश्वकै सबैभन्दा लामो खुट्टा रुपमा रेकर्ड

अमेरिकाकी एक १७ वर्षीया युवतीको खुट्टा विश्वकै सबैभन्दा लामो खुट्टा रुपमा रेकर्ड भएको छ ।


टेक्ससमा बस्ने मैका क्यूरिन नामकी युवतीको खुट्टाको लम्बाई करिब डेढ मिटर रहेको र उनको नाम गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ता भएको छ ।

girl-with-the-longest-legs-on-lounging-chair-horizontal


लम्बाई ६ फिट १० इन्च लम्बाइ भएकी उनी किशोरावस्थामा सबैभन्दा लामो खुट्टा हुने व्यक्तिको रुपमा दर्ता भएको हो ।

गिनिज बुक अफ वल्र्ड रेकर्डको आधिकारिक वेबसाइट अनुसार उनको बाँया खुट्टा १ सय ३५ दशमलब २ सय ६७ सेन्टीमिटर अर्थात् ५३ दशमलब २ सय ५५ इञ्च लामो छ ।

जबकी उनको दायाँ खुट्टा १ सय ३४ दशमलब ३ सेन्टीमिटर अर्थात् ५२ दशमलब ८ सय ७४ इञ्च छ ।

वेबसाइटका अनुसार उनको खुट्टा उनको उचाईको ६० प्रतिशत छ । उनको परिवारको सबै सदस्यको लम्बाई औषत नै छ । क्यूरिनले रुसकी एकातेरिना लिसिनाको रेकर्डलाई तोडेकी थिइन् ।

सन् २०१७ मा लिसिनाले ६ फीट ८ दशमलब ७७ इञ्चको उचाईका साथ विश्वकै सबैभन्दा अग्लो व्यावसायिक मोडलको नाम लेखाएकी थिइन् । एजेन्सी

girl-with-the-longest-legs-on-staircase

girl-with-the-longest-legs-next-to-average-person

अन्य समाचारहरु