सिद्धाराको श्री धर्माेदय मावी ढुङगेसेरामा पढन गएका विधार्थीहरु श्रम गर्न वाध्य (भिडियो सहित)

सिद्धाराको  श्री धर्माेदय मावी ढुङगेसेरामा पढन गएका विधार्थीहरु श्रम गर्न वाध्य (भिडियो सहित)

अर्घाखाँचीडट्कम संवाददाता

सिद्धारा, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर ११ सिद्धाराको ढुङगेसेरामा रहेको श्री धर्माेदय माध्यमिक बिधालयमा पढन गएका विधार्थीहरु श्रम गर्न वाध्य भएका छन् ।


सिद्धाराको ढुङगेसेरामा रहेको श्री धर्माेदय माध्यमिक बिधालयमा पढन गएका विधार्थीहरु पाेशाकमा शौचालय निर्माणमा श्रम गर्न वाध्य भएका हुन् ।

विधालय संचालक समितीका अध्यक्ष गंगा बहादुर मरसाङ्गी र प्रधानध्यापक ईन्द्र बहादुर रजालीले कक्षा बन्द गराएर दिनभर शौचालय निर्माणका लागि काठ बोकाउदै आएका विधार्थीहरुले बताए ।

सामाजिक संजालमा पोस्ट गरिएको भिडियोमा देखिए अनुसार विधार्थीहरुलाई दिनको चर्को घाममा वजन भएका काठ बोकाएको देखिन्छ । भने शौचालय निर्माणका लागि बजेट तथा स्थानियबासीले श्रमदान गरिरहेका छन् ।


बुधबार  प्रधानध्यापककाे निर्देशनमा ४ शिक्षक बिध्यालय नआएकाेले कक्षा खाली भएकाे समयमा  विधालयमा बन्दै गरेकाे शौचालयका लागि आवश्यक काठहरु बाेक्न लगाईएकाे शौचालयका शिक्षक खुमानन्द गैरेले बताए ।

उता शौचालयका लागि गाउँका स्थानिय १७० अभिभावकले श्रमदान गरिसक्दा पनि बिध्यार्थिहरुकाे पठनपाठनकाे सयममा शौचालय निर्माणका काममा लगाउनु गलत भएकाे स्थानीय अभिभावक शाेव बहादुर वि.कले बताए ।

धर्माेदय माध्यमिक बिधालयमा शैक्षिक गुणस्तर राम्रो नभएको भन्दै आलोचना भईरहेको बेला  विधार्थीहरुलाई बेला बेलामा श्रममा लगाउदै आएको देखिन्छ ।

उता जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) अर्घाखाँची, शितगंगा नगरपालिका शिक्षा शाखाले विधार्थीहरुलाई श्रममा लगाउनु गलत भएको बताएका छन् । भने थप बुझ्ने बताएका छन् ।

अन्य समाचारहरु