ठूलापोखरामा निःशुल्क स्त्री तथा प्रसूति रोग सम्बन्धी स्वास्थ्य शिविर सम्पन्न (तस्बिरहरु)

ठूलापोखरामा निःशुल्क स्त्री तथा प्रसूति रोग सम्बन्धी स्वास्थ्य शिविर सम्पन्न  (तस्बिरहरु)


अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नं. ६ ठूलापोखरामा निःशुल्क स्त्री तथा प्रसूति रोग सम्बन्धी स्वास्थ्य शिविर विशेषज्ञ डाक्टरको परिक्षणमा सम्पन्न भएको छ । 


ठूलापोखरामा आज आईतवार अर्घाखाँची ठूलापोखरा सम्पर्क समाज बुटवल-रूपन्देहीको आयोजनामा निःशुल्क स्त्री तथा प्रसूति रोग सम्बन्धी स्वास्थ्य शिविर विशेषज्ञ डाक्टरको परिक्षणमा सम्पन्न भएको हो । 


शिविर मार्फत वार्डका करिब १२० जना महिलाहरूले प्रसूति सेवा ग्रहण गर्दै निःशुल्क परिक्षण र औषधि प्राप्त गरेका थिए । 


महिलाहरूको पाठेघर लगायतका अन्य गम्भीर रोगको निदानका लागि भन्दै परिक्षण कार्यक्रमको आयोजना गरिएको बताइएको छ । 


कार्यक्रममा गाउँपालिका अध्यक्ष लेखनाथ पोखरेल, वार्ड अध्यक्ष कमल पौडेल लगायतको उपस्थिती रहेको थियो । 



अन्य समाचारहरु