छत्रदेव गाउँपालिका कोरोना मुक्त हुँदै, ५ जना संक्रमित बाहेक सबैले कोरोना जिते ( सम्पूर्ण विवरण सहित)

छत्रदेव गाउँपालिका कोरोना मुक्त हुँदै, ५ जना संक्रमित बाहेक सबैले कोरोना जिते ( सम्पूर्ण विवरण सहित)


अर्घाखाँचीडट्कम संवाददाता 

छत्रदेव, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव  गाउँपालिका कोरोना मुक्त नजिक पुगेको छ । यस पालिकामा आज सक्रिय कोरोना संक्रमितको संख्या ५ जना रहेको छ । 


साथै अर्घाखाँचीडट्कमको दैनिक उप्डेट विवरण अनुसार यस अघि पनि छत्रदेव  गाउँपालिकामा अन्य पालिकाको तुलनामा कम संक्रमित थपिएको देखिन्छ । यहाँ गत वर्षदेखि आजसम्म संक्रमितको संख्या २८८ जना रहेको छ । 

यस्तै यस पालिकामा गत वर्षदेखि आजसम्म  २८०   जनाले कोरोना जितेका छन् । भने ३ जनाको निधन भएको छ । 

आईतबार जिल्लामाको कोरोना विवरण यस्तो छ: 

जिल्लामा आजसम्म सक्रिय कोरोना संक्रमितको संख्या १५३ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा ५३  जना, भूमिकास्थान नगरपालिकामा १८  जना,  शितगंगा नगरपालिकामा १४ जना,  मालारानी गाउँपालिकामा ५१,           पाणिनी गाउँपालिकामा १२   र छत्रदेव गाउँपालिकामा ५ जना संक्रमित रहेका छन् । 

जिल्लामा गत वर्षदेखि आजसम्म संक्रमितको संख्या ४१०६ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा १७९५  जना, भूमिकास्थान नगरपालिकामा ७१९ जना,     शितगंगा नगरपालिकामा ४२८ जना,       मालारानी गाउँपालिकामा ५०८ जना,  पाणिनी गाउँपालिकामा ३६८  जना  र छत्रदेव गाउँपालिकामा २८८ जना संक्रमित रहेका छन् ।   

साथै जिल्लामा गत वर्षदेखि आजसम्म  ३८७२ जनाले कोरोना जितेका छन् ।  जसमा सन्धिखर्क नगरपालिकामा १७१५ जना, भूमिकास्थान नगरपालिकामा ६८६ जना,  शितगंगा नगरपालिकामा ४०१ जना,   मालारानी गाउँपालिकामा ४४३ जना,    पाणिनी गाउँपालिकामा ३४७ जना   र छत्रदेव गाउँपालिकामा २८०  जनाले कोरोनालाई जितेका हुन् ।

यस्तै जिल्ला प्रशासन कार्यालयका अनुसार काेराेना संक्रमणका कारण जिल्लामा गतवर्षदेखि हालसम्म ८१ जनाको ज्यान गएको छ । जसमा सन्धिखर्क नगरपालिकामा २७  जना, भूमिकास्थान नगरपालिकामा १५,    शितगंगा नगरपालिकामा १ जना आत्महत्या सहित १३,     मालारानी गाउँपालिकामा १४, पाणिनी गाउँपालिकामा ९   र छत्रदेव गाउँपालिकामा ३ जना संक्रमित रहेका छन् ।

अन्य समाचारहरु