ठुलापोखरामा भीषण आगलागी, नियन्त्रणमा आउन सकेन्

ठुलापोखरामा भीषण आगलागी, नियन्त्रणमा आउन सकेन्


हलिम खाँन

ठुलापोखारा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नम्बर ६ ठुलापोखारामा भीषण आगलागी भएको छ बिहानै देखी बाख्रेको जंगल बाट लागेको आगो अहिले सुन्दरा पोखरामा आएको छ।


यस आगलागी नियन्त्रणमा न आउदा पन्थी टोल, मौलि पोखरा र गाउँ एकदमै जोखिममा रहेको छ।


आगो नियन्त्रण गर्नका लागि नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाल आर्मी , स्थानीय जनप्रतिनिधि र स्थानिय बासी सबै लागिरहेका छन ।


हावा चलेकै कारण अहिले सम्म आगो नियन्त्रण गर्न नसकेको स्थानियहरु बताउछन ।

भर्खरै सन्धिखर्क बाट दमकल पनि त्यस स्थानमा पुगेको छ।

अन्य समाचारहरु