अर्घाखाँचीमा आगामी मंसिर १७ गतेदेखि पुस २ गतेसम्म मतदाता नामावली संकलन गरिने

अर्घाखाँचीमा आगामी मंसिर १७ गतेदेखि पुस २ गतेसम्म मतदाता नामावली संकलन गरिने


हरिप्रसाद भुसाल 

सन्धिखर्क, अर्घाखाँची  । अर्घाखाँची जिल्ला निर्वाचन कार्यालयले मंसिर १७ गतेदेखि पुस २ गतेसम्म मतदाता नामावली संकलन कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

हिजाे अर्घाखाँचीमा अन्तरक्रिया कार्यक्रम गर्दै जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीले मंसिर १७ गते देखि पौष २ गतेसम्म नामावली संकलन कार्यक्रम गर्ने जानकारी दिएको हो ।

जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीका कार्यालय प्रमुख सुरेश भण्डारीले पहिलो चरणमा पालिकाको केन्द्रमा नामावली संकलन गरिने बताए । उनले मंसिर १७ गतेदेखि २६ गतेसम्म शितगंगा नगरपालिका, मालारानी गाउँपालिका र पाणिनी गाउँपालिकामा मतदाता नामावली संकलन गरिने जानकारी दिए ।

त्यस्तै भूमिकास्थान नगरपालिका र छत्रदेव गाउँपालिकामा मंसिर २८ गते देखि पौष ७  गतेसम्म दोस्रो चरणमा नामावली संकलन गरिने बताए ।

अन्तरक्रिया कार्यक्रममा अर्घाखाँच जिल्लाका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरेले नामावली संकलन कार्यमा आवश्यक शान्तिसुरक्षाको प्रवन्ध गरिने बताउदै १८ वर्ष उमेर पुगेका व्यक्तिको मतदाता नामावली संकलन गरिने हुदाँ सबैलाई सहयोग गरिदन आग्रह गरे ।

हाल जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा फोटो सहितको मतदाता नामावली संकलन कार्य निरन्तर रुपमा सञ्चालन भइरहको छ ।

२०७७ साल पौष ५ गतेसम्म देशभर कूल १ करोड ६२ लाख ४३ हजार १ सय १० मतदाता रहेका छन् भने अर्घाखाँचीमा पुरुष ७७ हजार ८ सय ३१ र महिला ७९ हजार २ सय ७५ गरि कुल १ लाख ५७ हजार १ सय ६ जना मतदाता रहेका छन् ।

अन्य समाचारहरु