कैलालीको अत्तरियामा दुर्गालक्ष्मी नमुना विद्यालयले मनायो खाना महोत्सव (तस्बिर सहित)

कैलालीको अत्तरियामा दुर्गालक्ष्मी नमुना विद्यालयले मनायो खाना महोत्सव  (तस्बिर सहित)


अर्घाखाँचीडट्कम संवाददाता 

अत्तरिया । कैलालीको अत्तरिया स्थित दुर्गालक्ष्मी प्राविधिक नमुना विद्यालयले खाना महोत्सव आयोजना गरेको छ । तिहारको अवसर पारेर विद्यालय प्रांगणमा खाना महोत्सव आयोजना गरिएको हो ।


बुधबार सञ्चालन भएको महोत्सवमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले करिब दुई दर्जन परम्परागत खानाका स्टलहरु निर्माण गरेका थिए । थारु समुदायका परिकारहरु, सुदूरपश्चिमेली पहाडी समुदायका परिकार, जनजाती समुदायका परिकार एवम् केही इन्डियन र चाइनिज परिकारहरु स्टलमा तयार गरिएको थियो । 


विद्यार्थीहरुले सम्पूर्ण रुपमा आफ्नै लगानी, सीप र मेहनतबाट स्टल सञ्चालन गरेका हुन् । स्थानीय स्तर तथा आफ्नै घरपरिवारमा उपलब्ध हुने खाद्य सामग्रीको प्रयोग गरि खानाका परिकारहरु तयार गरिएको थियो ।  पाककला, सेवाप्रवाह, परम्परा तथा स्वास्थ्य समेतका विषयमा विद्यार्थीको सीप कला, मेहनत, अनुशासन तथा सभ्यता बिकासका लागि कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक सुरेश धामीले बताए ।


सधैंजसो फरक किसिमका अतिरिक्त क्रियाकलाप भैरहेकोमा पहिलोपटक पृथक खाना महोत्सव आयोजना भएकोमा नयाँ अनुभव र उत्साह थपिएको सहभागी विद्यार्थीहरुले बताएका छन् ।

विद्यार्थीहरुको व्यक्तित्व बिकासका लागि विद्यालयले नियमित रुपमा प्रभावकारी अतिरिक्त क्रियाकलापहरु गर्दै आइरहेको छ ।

अन्य समाचारहरु