केरुङ्गामा किसानलाई ६१ वटा हाते ट्याक्टर, ९४ कुटानीपिसानी मिल वितरण

केरुङ्गामा किसानलाई ६१ वटा हाते ट्याक्टर, ९४ कुटानीपिसानी मिल वितरण


लक्ष्मण घिमिरे 

केरुङ्गा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकाले कृषी क्षेत्रमा उत्पादन वृद्धी र सरलीकरण गर्न हातेट्र्याक्टर र कुटानीपिसानी मिल वितरण गरेको छ ।


छत्रदेव गाउँपालिका वडा नम्बर-४,केरुङ्गामा कृषकहरुको मागलाई सम्बोधन गर्दै पालिकाले ६१ वटा हातेट्र्याक्टर र ९४ वटा कुटानीपिसानी मिल वितरण गरिएको वडा नम्बर ४ का वडाअध्यक्ष अशोककुमार श्रेष्ठले जानकारी दिए । मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम अन्तर्गत कृषकसँगको ५० प्रतिशत लागत साझेदारी अनुदानमा ६१ वटा हातेट्र्याक्टर र ९४ वटा कुटानीपिसानी मिल वितरण गरिएको हो । वडाअध्यक्ष श्रेष्ठका अनुसार कृषकको व्यावसायिक योजनाको मूल्याङ्कनका आधारमा थप कृषकलाई दोस्रो चरणमा ट्याक्टर वितरण गरिने छ।


कार्यक्रममा मन्तव्य राख्दै गाउँपालिका अध्यक्ष लेखनाथ पोख्रेलले सिंहदरबारमा बस्नेदेखी झुपडीमा बस्ने गरिबका घरमा पाक्ने अन्ननै भएकाले कृषीमा आत्मनिर्भर नभई नहुने बताए । कृषि व्यवसायलाई समयानुकूल परिर्वतन गर्दै यान्त्रिकीकरण र आधुनिकीकरणका माध्यमबाट अधिकतम उत्पादन बढाउँदै रोजगारी सिर्जना र स्वरोजगार अभिवृद्धि गर्ने उनले बताए । ‘कृषीमा आत्मनिर्भर हुनैपर्छ, अध्यक्ष पोख्रेलले भने,‘कृषीमा समृद्ध बन्नुपर्छ, नत्र पालिका समृद्ध बन्दैन ।’ कृषीकै माध्यमबाट समृद्धी हासिल हुने उनले बताए ।


कार्यक्रममा पालिका उपाध्यक्ष तुल्सादेवी श्रेष्ठ, पशुसेवा साखाका उमानाथ पन्थी लगायतको उपस्थिती रहेको थियो । जमीन खनजोतका लागि गोरु पाल्न कृषकले झन्झट मान्ने र लागत बढी हुँदा पछिल्लो समय कृषकहरू हातेट्याक्टरतर्फ आकर्षित छन् । पछिल्लो समय गोरु पाउन गाह्रो, युवापुस्ता वैदेशिक रोजगारमा रहेकाले गाउँमा खेतालाको अभाव हुने लगायतका समस्याले गर्दा गाउँमा खेतीयोग्य जमिन बाँझो रहन थालेको थियो । कोरोना महामारीका कारण रोजगारी गुमाएपछी गाउँकेन्द्रित बनेका युवापुस्ता र प्रविधीले सहयोग पुर्‍याउने भएपछी कृषीक्षेत्रमा उत्पादन वृद्धी हुने गाउँपालिकाले आँकलन गरेको छ ।

वडा नम्बर-४ का अध्यक्ष अशोककुमार श्रेष्ठको अध्यक्षता, पालिका अध्यक्ष लेखनाथ पोख्रलको प्रमुख आतिथ्यता र पशुसेवा साखाका उमानाथ पन्थीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।

अन्य समाचारहरु