उदयपुरमा मुढा राखेर टिक टक बनाउने क्रममा एक बालिकाको झुण्डिएर मृत्यु

उदयपुरमा मुढा राखेर टिक टक बनाउने क्रममा एक बालिकाको झुण्डिएर मृत्यु


गजेन्द्र राई रेडियो नेपाल

उदयपुर । उदयपुरमा टिक टक बनाउने क्रममा एक बालिकाको झुण्डिएर मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको चौदण्डीगढी नगरपालिका ९ बस्ने बर्ष ११ को संजीता बस्नेत रहेका छन् ।

 उनको टिकटक बनाउन मुढा राखेर सलको पासो लगाई भिडियो बनाउने क्रममा मुढा चिप्लिएर पासो लाग्दा मृत्यु भएको प्रहरीले जनाएका छन् । प्रहरीका अनुसार उनले मोबाइल घरको धरिनमा राखेको अवस्थामा फेला परेको थियो ।

उनको घाटीमा सलको पासो बनाएर बाई बाई गरेको भिडियो देखिएको छ । आमा बुबा भान्सा कोठामा खाना खाइरहेको अवस्थामा छोरीले अर्को कोठामा टिकटक बनाउने क्रममा बुधवार साँझ झुण्डिएर मृत्युभएको थियो । बालिका आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख (एसपी) भिवबहादुर दाहालले जानकारी दिए । 

सलको पासो बनाएर झुण्डिएको भिडियो फुटेज देखिन्छ । एसपी दाहालका अनुसार भिडियो फुटेज अनुसन्धानकै क्रममा रहेकोले फोरेन्सिक ल्याबपछि मात्रै प्रष्ट हुने छ । भिडियो झुण्डिएकै दिनको हो कि अरू दिनको हो, अनुसन्धान पश्चात् थाह हुने एसपी दाहालको भनाई छ ।

अन्य समाचारहरु