खाँचीकोटको श्री भगवती मन्दिरको निर्माण कार्य पुन: सुचारु

खाँचीकोटको श्री भगवती मन्दिरको निर्माण कार्य पुन: सुचारु

बिबश थापा 

खाँचीकोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम)। अर्घाखाँचीको एतिहासिक खाँची राज्य अन्तर्गतको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ खाँचीकोट स्थित श्री भगवती मन्दिरको निर्माण कार्य पुन सुचारु भएको छ। 


लामो समय देखि आबश्यक बजेटको अभावमा मन्दिर निर्माण कार्य अधुरै अबस्थामा रोकियको थियो। 

यो क्षेत्र सुपादेउराली मन्दिरको परिसर भित्र रहेको हुदा यो एतिहासिक अनि पर्यटकीय दृष्टिकोण बाट पनि यो महत्त्वपूर्ण क्षेत्र हो। 


यहाँ पराकालमा एतिहासिक झलकाउने बस्तु हरु अहिले पनि यसको परिसर भित्र अहिले पनि भेटिन्छन्। 

यो मन्दिर निर्माण भय यो धार्मिक र एतिहासिक रुपले त महत्त्वपूर्ण छ, पर्यटकीय हिसाबले पनि यहाँ बाट देखिने प्राकृतिक सुन्दर दृश्य, हिमाल का शिखर हरु अनि लगभग पुरै उत्तर अर्घाखाँची र गुल्मी जिल्लाका स्थान हरु सजिलै यहाँ बाट देख्न सकिन्छ।

 करोडौंको भिउ टाबर भन्दा पनि यो क्षेत्र  बिशेष छ। यो मन्दिर मा परापुर्ब काल देखि चल्दै आयको रितिरिवाज अनुसार हिन्दु हरुको महान पर्व दशैको घटस्थापना देखि पुर्णिामा सम्म बिशेश पुजा हुने गर्छ । 

 फुलपाती भित्राउने विशेष प्रचलन छ साथै त्रियाद्याशिको दिनमा यहाँ बिशेश मेला लाग्ने प्रचलन पनि छ। यो धार्मिक मात्र नभैइ परम्परा र एतिहास को महत्त्वपूर्ण दस्तावेज समेत हो

अन्य समाचारहरु