छत्रदेव गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत भेषराज पन्तको स्वागत कार्यक्रम सम्पन्न [ फोटो सहित ]

छत्रदेव गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत भेषराज पन्तको स्वागत कार्यक्रम सम्पन्न [ फोटो सहित ]


अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकामा सरूवा भई जाने र नयाँ आउने प्रमुख प्रशासकीय अधिकृतको विदाई तथा  स्वागत कार्यक्रम सम्पन्न भएको छ । 


छत्रदेव गाउँपालिकाबाट सरूवा भई भएका प्रमुख प्रशासकीय अधिकृत पबन अर्यालको विदाई एवं नव आगन्तुक प्रमुख प्रशासकीय अधिकृत  भेषराज पन्तको स्वागत कार्यक्रम सम्पन्न भएको हो । 


पन्तले गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत अधिकृतको रुपमा सोमबारबाट पदवहाली गरेका छन् ।   


विदाई तथा  स्वागत कार्यक्रममा   अध्यक्ष लेखनाथ पोख्रेल, उपाध्यक्ष तुल्सीदेवी श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो । 

अन्य समाचारहरु