ढाकावाङकी एक महिलाको करेन्ट लागेर मृत्‍यु

ढाकावाङकी एक महिलाको करेन्ट लागेर मृत्‍यु


माधव खनाल 

ढाकावाङ, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नम्बर १ ढाकावाङको ओखटे डुडकी एक महिलाको करेन्ट लागेर मृत्‍यु भएको छ ।  


ढाकावाङको ओखटे डुडका नरिस्वर खनालकी ५० वर्षीय श्रीमति डाली खनालको बुधवार साँझ एक्कासी करेन्ट लागेको थियो । 

करेन्ट लागेर गम्भीर घाइते भएकी खनालको जिल्ला अस्पताल अर्घाखाँचीमा पुर्याउदा बित्तिकै मृत्‍यु भएको थियो । खनालको आज पोस्टमार्टम गरी ददेरी खोलामा हिन्दु सस्कार अनुसार अन्त्येष्टि गरिएको छ ।

५० वर्षीय खनालका सासू श्रीमान दुई छोरा दुई छोरी र एक ज्वाइँ हुनुहुन्छ ।   

अन्य समाचारहरु