प्रेस वक्तव्य

प्रेस वक्तव्य

अर्घाखाँची जिल्ला सिद्धधारा गाविस वार्ड नं. ९ निवासी म गोविन्द थापा सन २००८ देखि कतारमा कार्यरत छु । आफ्नो कामबाट केही बचेको समयलाई समाज सेवामा विताउने मेरो इच्छा अनुरुप कतारमा रहेको नेपाली श्रमिकहरुको प्यारो संगठन कतार नेपाली एकता समाजमा आवद्व भई दोस्रो राष्ट्रिय सम्मेलन सम्म निरन्तर रुपमा एकता समाजको मातहतमा रहेको रक्तिम सांस्कृतिक अभियान दोहा कतारमा अवद्व भई काम गर्दै आएको थिए । दोस्रो सम्मेलन पछि समाजमा आन्तरिक विवाद पछि केही व्यक्तिहरुले विभिन्न प्रलोभन देखाई समानन्तर संगठन खोली मलाई पनि त्यही समानन्तर समितिका मातहत रहेको रक्तिम परिवारको महासचिव बनाई अलमलमा पारेको थियो । हाल ति समानन्तरका केही व्यक्ति जनप्रगतिशिल माचमा विलिन भएको अवस्थामा म गोविन्द थापा त्यहाबाट विद्रोह गरी पुन कतार नेपाली एकता समाजमा आवद्ध भई सकि्रयताका साथ काम गर्ने अठोट गर्दछु । साथै भ्रम वस अलमलमा पर्नु भएका सम्पूर्ण कार्यकर्ता साथीहरुलाई कतार नेपाली एकता समाजकमा समावेस हुन हार्दिक आव्हान गर्दछु ।

गोविन्द थापा

अन्य समाचारहरु