बल्कोटको प्राथमिक स्वास्थ्य केन्द्रलाई १४ लाख बराबरको स्वास्थ सामाग्री प्रदान

बल्कोटको प्राथमिक स्वास्थ्य केन्द्रलाई १४ लाख बराबरको  स्वास्थ सामाग्री प्रदान

ç

कृष्ण परियार 

बल्कोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको बल्कोटमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई शुक्रबार एक कार्यक्रमका बिच १४ लाख बराबरको   स्वास्थ सामाग्री प्रदान गरिएको छ ।  


कोरोना महामारीको तेस्रो लहर चल्न सक्ने भन्दै  संभावित तेस्रो लहरको जोखिमलाई कम गर्ने उदेश्यले स्वास्थ सामाग्री प्रदान गरिएको एसिया नेपालका प्रबन्धक सुनिल खनाल, निर्देशक नवराज आचार्यले  जानकारी दिए ।

एसिया नेपालले अस्पताललाई अक्सिजन सिलिण्डर  अक्सिजन रेगुलेटर  अक्सिजन कन्सन्टेटर आईसियु  पिपिई सेट  ,सर्जिकल माक्स  ,फेस सिल्ड ,सर्जिकल क्याप्स,सेनिटाईजर लगायतका स्वास्थ सामाग्री प्रदान गरेको संस्थाले जानाएको छ । 


कार्यक्रममा अस्पताल बिकास समिती का अध्यक्ष  तथा छत्रदेव गाउँ पालिका वार्ड नं. २ का वार्ड अध्यक्ष राजेश कुमार पन्थीले यो माहामारीको समयमा स्वास्थ सामाग्रीहरु प्रदान गरेकोमा संस्थालाई धन्यवाद दिए ।

 पन्थी आगामी दिनहरुमा पनि संस्थाको सहयोगको अपेक्षा राखे । कार्यक्रममा प्रमुख अतिथि छत्रदेव गाउँ पालिकाका अध्यक्ष लेखनाथ पोख्रेल रनुभरेको थियो । बल्कोट प्राथमिक केन्द्रका निमिक्त प्रमुख  बिष्णु खनाल छत्रदेव गाउँ पालिकाकि  उप प्रमुख  तुल्सा देवी  श्रेष्ठ ल्यब इन्चार्ज  होमनाथ बिकले बताए बिकले   संस्थाले गरेको सहयोग प्रति धन्यवाद तथा आभार प्रकट गर्दै यो सहयोगले माहामारी संग जुध्न थप हौशलासंगै टेवा पुग्ने बताए ।

अन्य समाचारहरु