पाणिनीमा सम्पन्न अन्तर वडास्तरिय खुला भलिवल खेलमा उपाधी पणेनालाई, धारापानी दोस्रो (भिडियो, तस्बिर सहित)

पाणिनीमा सम्पन्न अन्तर वडास्तरिय खुला भलिवल खेलमा उपाधी पणेनालाई,  धारापानी दोस्रो (भिडियो, तस्बिर सहित)


२०७८ आश्विन २७, बुधवारमा प्रकासित

डिआरजी सुमन 

दुर्गाफाँट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको दुर्गाफाँटमा राष्ट्रिय युवास संघ नेपाल पाणिनी गाँउपालिका कमिटी अर्घाखाँचीको आयोजनामा  संचालित भलिवल प्रतियोगिताको उपाधि पाणिनी गाँउपालिका वार्ड न. १ पणेनाले हात पारेको छ ।


आज बुधवार भएको प्रतिस्प्रधात्मक खेलमा भुमिकास्थान ४ धारापानिलाई ४-३ को सेटमा पराजित गर्दै उपाधि उचालेको हो । उत्कृष्ट प्रदर्शन गरेको धारापानिले भने दोस्रो स्थानमा चित्त बुझाएको छ ।


प्रथम भएको पणेनाले नगद ३० हजार सहित कप, मेडल र प्रमाणपत्र हात पार्दा भुमिकास्थानले नगद २० हजार सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।


आजै भएको अर्को खेलमा पाणिनि २ पोखराथोकले पाणिनि ३ खिदिमलाई ३-० को सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान हात पारे नगद १० हजार कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । भने चौथो बनेको खिदिमले भने ५ हजारमा चित्त बुझाएको छ ।

अन्य समाचारहरु