कांग्रेस शितगंगा - काठमाडौ सम्पर्क समितिको भेट्घाट कार्यक्रम सम्पन्न (फोटो सहित)

कांग्रेस शितगंगा - काठमाडौ सम्पर्क समितिको भेट्घाट कार्यक्रम सम्पन्न (फोटो सहित)


अर्घाखाँचीडट्कम संवाददाता 

काठमाडौं (अर्घाखाँचीडट्कम) । नेपाली कांग्रेस अर्घाखाँचीको शितगंगा - काठमाडौ सम्पर्क समितिको भेट्घाट कार्यक्रम सम्पन्न भएको छ । 


कांग्रेस शितगंगा - काठमाडौ सम्पर्क समितिको शनिबार भेट्घाट कार्यक्रम सम्पन्न भएको हो । 


भेट्घाट कार्यक्रममा नेपाली कांग्रेसकी  केन्द्रिय सदस्य पुस्पा भुसालले नगर प्रमुख सुर्य अधिकारीलाई नगरको लागि स्वास्थ सामाग्री हस्तान्तरण गर्नु भएको थियो । 


कार्यक्रममा जिल्ला सभापती बिस्णु मुस्कान, नेता डा. राम बहादुर बिसी, डा. मुक्ती श्रेष्ठ, कृष्ण कास्यप, जिवा पौडेल, सालिक राम अधिकारी, राम बेल्बासे लगायका नेताहरुले  आफ्नो आफ्नो मन्त्ब्य राख्नु भएको थियो । 


कार्यक्रम आयोजक डा. लाल मणि पाण्डेको अध्यक्षता र सचिब तुल्सी राम अधिकारीको सन्चालनमा सम्पन्न भएको थियो ।

अन्य समाचारहरु