ठूलापोखरामा स्वास्थ्य चौकीको न्युनतम सेवा मापदण्ड कार्यान्वयन सम्बन्धी कार्यक्रम सम्पन्न (फोटो सहित)

ठूलापोखरामा स्वास्थ्य चौकीको न्युनतम सेवा मापदण्ड कार्यान्वयन सम्बन्धी कार्यक्रम सम्पन्न (फोटो सहित)


अर्घाखाँचीडट्कम संवाददाता 

ठूलापोखरा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको ठूलापोखरामा स्वास्थ्य चौकीको न्युनतम सेवा मापदण्ड(HP-MSS) कार्यान्वयन सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ ।


ठूलापोखराबाट प्रवाह गर्ने सेवा निर्देशित मापदण्डमा छन् वा छैनन् अध्ययन गरि सेवालाई थप सुदृढ गराउने उदेश्यले समिक्षा कार्यक्रम भएको हो ।    


छत्रदेव वार्ड नम्बर ६  ठूलापोखराका वडाध्यक्ष तथा ठूलापोखरा स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष कमल पौडेलको अध्यक्षता स्वास्थ्यमा भएको उक्त समिक्षा कार्यक्रममा ठूलापोखरा स्वास्थ्य चौकी ब्याबस्थापन समितीका पदाधिकारी र स्वास्थ्य चौकीका कर्मचारीहरुको सहभागीता रहेको थियो ।


कार्यक्रममा वडाध्यक्ष पौडेलले स्वास्थ्य चौकीको सेवा प्रवाह राम्रो रहेकोले धन्यवाद सहित यसलाई कायम राखी अन्य मापदण्ड पनि पूरा गर्ने तर्फ कार्यक्रम सन्चालन गर्ने सुझाव दिनुभएको थियो । 

अन्य समाचारहरु