भूमिकास्थान नगरपालिका कोरोना मुक्त, संक्रमितको संख्या सुन्य

भूमिकास्थान नगरपालिका कोरोना मुक्त, संक्रमितको संख्या सुन्य

अर्घाखाँचीडट्कम संवाददाता 

नुवाकोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका कोरोना मुक्त भएको छ ।  यस नगरपालिकामा आज सक्रिय कोरोना संक्रमितको संख्या सुन्य रहेको छ ।

साथै अर्घाखाँचीडट्कमको दैनिक उप्डेट विवरण अनुसार यस  भूमिकास्थान नगरपालिकामा गत वर्षदेखि आजसम्म संक्रमितको संख्या ७३१  जना रहेको छ । 

यस्तै यस नगरपालिकामा गत वर्षदेखि आजसम्म  ७१६ जनाले कोरोना जितेका छन् । भने अहिलेसम्म १५ जनाको निधन भएको छ । 

जिल्लाको कोरोना विवरण यस्तो छ: 

जिल्लामा आजसम्म सक्रिय कोरोना संक्रमितको संख्या ७४ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा ३३  जना, भूमिकास्थान नगरपालिकामा ०   जना,  शितगंगा नगरपालिकामा ५ जना,  मालारानी गाउँपालिकामा ९,     पाणिनी गाउँपालिकामा २४   र छत्रदेव गाउँपालिकामा ३ जना संक्रमित रहेका छन् । 

जिल्लामा गत वर्षदेखि आजसम्म संक्रमितको संख्या ४२५९  जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा १८६७    जना, भूमिकास्थान नगरपालिकामा ७३१ जना,     शितगंगा नगरपालिकामा ४३३, जना,       मालारानी गाउँपालिकामा ५३८   जना,  पाणिनी गाउँपालिकामा ३९६  जना  र छत्रदेव गाउँपालिकामा २९४  जना संक्रमित रहेका छन् ।   

साथै पछिल्लो २४ घण्टामा ७ जनाले कोरोना जितेका छन् । जिल्लामा गत वर्षदेखि आजसम्म  ४१०३ जनाले कोरोना जितेका छन् ।  जसमा सन्धिखर्क नगरपालिकामा १८०७  जना, भूमिकास्थान नगरपालिकामा ७१६  जना,  शितगंगा नगरपालिकामा ४१५ जना,   मालारानी गाउँपालिकामा ५१५ जना,    पाणिनी गाउँपालिकामा ३६३ जना   र छत्रदेव गाउँपालिकामा २८७   जनाले कोरोनालाई जितेका हुन् ।

यस्तै जिल्ला प्रशासन कार्यालयका अनुसार काेराेना संक्रमणका कारण जिल्लामा गतवर्षदेखि हालसम्म ८२ जनाको ज्यान गएको छ । जसमा सन्धिखर्क नगरपालिकामा २७  जना, भूमिकास्थान नगरपालिकामा १५,    शितगंगा नगरपालिकामा १ जना आत्महत्या सहित १३,     मालारानी गाउँपालिकामा १४, पाणिनी गाउँपालिकामा ९   र छत्रदेव गाउँपालिकामा ४ जना संक्रमित रहेका छन् ।

भूमिकास्थान नगरपालिका कोरोना मुक्त, संक्रमितको संख्या सुन्य

अन्य समाचारहरु