धारापानीमा खुल्ला भलिबल प्रतियोगिता सम्पन्न, फलाम खिल्जी युवा क्लब प्रथम

धारापानीमा खुल्ला भलिबल प्रतियोगिता सम्पन्न,  फलाम खिल्जी युवा क्लब प्रथम


अजय के.सी | अर्घाखाँचीडट्कम संवाददाता

धारापानी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको धारापानीमा खुल्ला भलिबल प्रतियोगिता सम्पन्न भएको छ । 


धारापानीमा आज आईतबार खुल्ला भलिबल प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा फलाम खिल्जी युवा क्लब प्रथम भएको छ । यस्तै प्रगतिशिल युवा क्लब दोस्रो भएको छ ।  

प्रथम हुनेलाई नगद पाँच हजार प्रमाण पत्र मेडल, दोस्रो पुरस्कार तीन हजार मेडल अनि प्रमाण पत्र थियो । प्रतियोगितामा १० टिमको सहभागी थियो । 


बर्षातका कारण दर्ता भएका पूरा टिम आउन नपाउदा खेल निर्धारित समय भन्दा छिटो सकिएको थियो ।  

अन्य समाचारहरु