असुरकोटका शारिरीक अपाङ्गता भएका युवालाई सिडियोले घरमा पुगि नागरिकता वितरण गरे (तस्बिरहरु)

असुरकोटका शारिरीक अपाङ्गता भएका युवालाई सिडियोले घरमा पुगि नागरिकता वितरण गरे (तस्बिरहरु)


अर्घाखाँचीडट्कम संवाददाता 

असुरकोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वार्ड नं‌‍. ५ असुरकोटका शारिरीक अपाङ्गता भएका युवालाई प्रमुख जिल्ला अधिकारीले घरमा पुगि नागरिकता वितरण गरेका छन् । 


असुरकोटका शारिरीक अपाङ्गता भएका २३ वर्षिय अमर थापालाई प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरेले आईतवार घरमा पुगि नागरिकता वितरण गरेका हुन् ।


घिमिरेले नागरिकताका साथै आर्थिक तथा लत्ताकपडा पनि वितरण गरेका थिए ।

अन्य समाचारहरु